×

NMB BANK
NIC ASIA

पञ्चायतकालमा राजाले प्रधानमन्त्रीलाई गर्थे ‘तिमी’ भनेर सम्बोधन

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ। नेपाली पत्रकारिता क्षेत्रमा आदरार्थी शब्दको कञ्जुस्याइँ भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै चिन्ता व्यक्त गरेपछि नेपाली भाषाका विद्यार्थी, प्रयोगकर्ता र पत्रकारिता क्षेत्रमा भाषा बहसले पुनः स्थान पाएको छ ।
साहित्यकार श्यामप्रसाद शर्माले २०१४ सालमै निबन्ध लेखेका थिए, ‘तँ तिमी तपाईं हजुर !’ नेपाली समाजमा वर्ग र समुदायको विभेदसँगै भाषामा रहेको छुवाछूतलाई शर्माको निबन्धले चिरफार गरेको छ । आखिर तिमी र तपाईंको साँध सिमाना के हो ?
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले भने, “कतिपय समुदायले अहिले पनि बा–आमालाई तिमी भनेको सुनिन्छ तर जे चलेको छ, त्यही मापदण्ड हो वा हुनुपर्छ भन्ने हुँदैन । आदरार्थी शब्दको प्रयोग नेपाली भाषामा मात्र होइन, संसारका सबै भाषामा प्रयोग भइरहेको छ ।”
सन्दर्भअनुसार ‘तँ’समेत आदरार्थी हुने धारणा उनको छ । वरिष्ठ पत्रकार अधिकारीले भने, “स्नेहबस बच्चालाई तँ, तिमी भन्छौँ । तँ, तिमी, तपाईं भाषाको विशेषता होइन । बोलीचालीमा दाइ, भाइ, दिदी, बहिनी, बुवा, आमालाई सन्दर्भअनुसार तँ, तिमी, तपाईं, हजुर भन्नुपर्ने हुन्छ ।”
उनले पञ्चायतकालमा राजाले प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गर्ने गरेको स्मरण गर्दै भने, “त्यो परम्परा पाच्य नभएपछि तपाईं भन्न थालियो । सबैभन्दा ठूलो कुरो सन्दर्भ र प्रसङ्ग हो । त्यसअनुसार सम्बोधन गर्नुपर्ने हुन्छ ।” उनले भाषा प्रयोगमा खुम्चिने नभई दायरा र विकल्प फराकिलो बनाउँदै जानुपर्ने बताए । उनले समाजको दिशा निर्देशकसमेत पत्रकारिताले गर्ने भएकाले पत्रकारमा भाषाको दख्खल हुनुपर्नेमा जोड दिँदै भने, “पत्रकारिताले मर्यादा राख्दा राम्रो हुन्छ । विदेशी मिडियाले नामका अगाडि मिस्टर, श्रीमती प्रयोग गर्छन् तर हामी सीधै तिमी लेखिदिन्छौँ ।”
त्यस्तै वरिष्ठ पत्रकार गोविन्द अधिकारीले संसारका सबै पुराना भाषामा श्रेणी रहेको चर्चा गर्दै ‘तिमी’ आदरणार्थी शब्द नै भएको जिकिर गरे । गोरखापत्रमा खबर छ। 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x