×

NMB BANK
NIC ASIA

हिजो दिनभर : महरा र आलमको ५ दिन म्याद थप, गुरुङलाई साधारण तारिखमा बस्ने आदेश

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महरालाई पाँच दिन हिरासतमा राखिने

Sagarmatha Cement
Muktinath Bank

    काठमाडाैं- जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजालसले आइतबार यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँचदिन हिरासतमा राख्न अनुमति दिएको र दुई दिन बितेकाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

     यसअघि अदालतले महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो । त्यो म्याद शुक्रबार सकिएको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

आलमलाई पाँच दिन म्याद थप

Vianet communication
Laxmi Bank

 राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका नेता आफताव आलमलाई आइतबार जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ । 

    आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि आलमको सात दिन म्याद थप गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले उनलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान जारी छ । 

    थुनछेक बहसका लागि जिल्ला अदालत पुगेका आलमले आफूलाई षडयन्त्र गरी फसाएको आरोप लगाए । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द गरिएको थियो । महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।     

सांसद गुरुङलाई साधारण तारिखमा बस्ने आदेश
    
    जिल्ला अदालत काठमाडौँले सांसद पार्वत गुरुङलाई साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा आइतबार ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा बस्ने आदेश दिएको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 
    
    दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निवाचित गुरुङविरुद्ध गत वैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए । सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौँले अदालतमा उपस्थित हुनका लागि ३५ दिने म्याद जारी गरेको थियो । अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आइतबार अदालतमा उपस्थित भएर बयान दिएपछि सो आदेश भएको हो ।    
    
    सांसद गुरुङसहित सात जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो । निर्वाचनका समयमा खड्कामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोग लागेको थियो । विसं २०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको र त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै अभियोग किटानी जाहेरीमा उल्लेख छ । 

प्रधानमन्त्रीको प्रशन्नता 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताएका छन् । 
    आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आइतबार गर्नुभएको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गरेका हुन् ।  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह उपनिर्वाचनका विविध विषयमा आयोगका तर्फबाट प्रधानमन्त्रीसँग छलफल गरेको हो । छलफलमा आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल सहभागी थिए । 

 उपराष्ट्रपतिले यसपटक जलपान कार्यक्रम नगर्ने 

तिहार, छठ पर्व र नेपाल सम्वत्का अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजनाा गर्दै आएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यसपटक नहुने भएको छ । 

    उपराष्ट्रपतिको कार्यालय तथा निवास परिसरमा निर्माण कार्य भइरहेकाले यसपटकको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम नहुने उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले जानकारी दिए । 

राष्ट्रपति भण्डारी जापानमा 
    
राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार राति राजधानी टोक्यो पुगेकी छिन् ।  म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति १० बजे थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान पुगेको हो । 
    
    राष्ट्रपति भण्डारीलाई हानेदा एयरपोर्टमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली राजदूतावासका पदाधिकारीले स्वागत गरे । कात्तिक ५ गते मङ्गलबार हुने राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते उनी स्वदेश फर्कने कार्यक्रम छ । 

उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ । 

    राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीन÷तीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिनुभएको हो । ‘जिल्ला अध्यक्षण मण्डलको सबै सदस्यलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रुपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा पठाउन निर्देशन गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ । 

तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु हुने जनाएको छ । 

कात्तिक ८ गतेदेखि यमदीपदान शुरु हुन्छ । कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

    यसैगरी कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिको निर्णय छ । यसै अनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि निर्णय गरेको हो । केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत नहुने सदस्य सचिव ढुङ्गेलले बताए ।  
अस्पताल तोडफोड 
चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आइतबार दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्यास र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो । सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उनले बताए । 

    नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । 

विद्युतीय बस खरीद प्रक्रियामा ढिलाइ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ । मन्त्रालयले गत असारमा नै विद्युतीय बस खरीदका लागि सहकारीको रु तीन अर्बको शेयर खरीद गरेपनि अपेक्षाकृत रुपमा प्रक्रिया अघि नबढेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहेको प्रवक्ता राजेश्वर ज्ञवालीले बताए ।  चाँडो खरीद गर्नकै लागि सार्वजनिक खरीद प्रक्रियामा नगएर सरकारले ‘जिटुजि’ (सरकारी निकायका बीचमा) माध्यममार्फत गरिएको उनको भनाइ छ । यो माध्यमबाट खरीद गर्ने निर्णय भएपनि पाँच महीना बित्दासमेत मन्त्रालयले चाहे जस्तो प्रगति नपाइएको उनको भनाइ छ । 
ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

    ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई पक्राउ गरी थप कारवाहीका लागि आइतबार जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

    गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि फरार रहेकामध्ये काभ्रेपलाञ्चोकका लामालाई महाशाखाको टोलीले यही कात्तिक १ गते  पक्राउ गरी आइतबार कारवाहीलाई जिल्ला अदालतमा पेश गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । 
स्पेनी नागरिकको मत्यु 
 
    दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा एक स्पेनी नागरिकको मृत्यु भएको छ । रोल्वालिङ हिमश्रृङ्खलाअन्तर्गतको छिकिमागो हिमाल आरोहणका लागि गएका ४४ वर्षीय लुइस फिलिप भल्भर्दी गुजम्यानको हिउँमा चिप्लिएर मृत्यु भएको हो । 

    सो घटनामा अर्का स्पेनी नागरिक डेभिड सुइला फर्नान्डिज घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश बोहोराले जानकारी दिए ।  घाइते फर्नान्डिजलाई सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरी आइतबार उपचारका लागि काठमाडौँ लगिएको छ । हिमाल आरोहणमा गएका चार स्पेनी नागरिक भरियासहित गत असोज १२ गते सो हिमाल आरोहण गर्न गएको बताइएको छ । अरु सबै जना सकुशल रहेका छन् ।  

भिटामिन ए कार्यक्रम सम्पन्न

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन् ।

      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक कात्तिक २ र कात्तिक ३ गते सो कार्यक्रम एक साथ सञ्चलन भएका थिए । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ महीनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिएको मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा काठमाडौँमा सोमबारदेखि तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदैछ ।
 
‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करीब ३०० जना स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने तयारी अघि बढेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । 

ध्वनि प्रदूषण गराउनेविरुद्ध कारवाही

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण गराउँदै ठूलो आवाज बनाएर मोटरसाइकल चलाउने चालकलाई कारवाही गर्ने भएको छ । 

    ठूलो आवाज बनाएर गुडाउने, गाडीको स्वरुप परिवर्तन गर्ने, लापरवाही रुपमा चलाउनेलाई कारवाही गर्ने अभियान थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम उक्त कार्य कानून विपरीत भएको उल्लेख गर्दै आइतबार एक सूचनामार्फत यस्ता गतिविधि नगर्न महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ । 

महाशाखाले मापसे गरेर सवारी चलाउने, लेन मिच्ने तथा अन्य ट्राफिक नियम उल्लङ्गन गर्ने विरुद्ध कारवाही गर्ने अभियान भने जारी रहेको जनाएको छ । 

घुससहित दुई नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आइतबार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । 

    मालपोत कार्यालय लेखनाथका खरीदार फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेल र लेखापढी व्यवसायी भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो । जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले रु १२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा लिएकोे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । 
नेप्से परिसूचक ओरालो यात्रामा  

धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आइतबार पनि कायम रह्यो । साताको आइतबार पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.७७ विन्दुले घटेर २४८.३५ विन्दुमा पुगेको छ । 

नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । स्टकले धितोपत्र नविकरण शुल्क नबुझाएका कारण शुक्रबारदेखि कूल ८१ कम्पनीको शेयर कारोवारमा रोक लगाएपछि त्यसको प्रभाव बजारमा समेत परेको हो । नियमानुसार नविकरण शुल्क नबुझाएका कारण स्टकले ती कम्पनीको शेयर कारोवारमा रोक लगाएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x