चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कात्तिक ४, २०७६
काठमाडौं– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति सन्तुलनका हिसाबले एकै हुन् भन्ने दर्शाउन जापानमा संसद्, प्रधानमन्त्री कार्यालय र न्यायपालिकाको भवनको उचाइ एउटै कायम गरिएको छ । जापानको संसदीय व्यवस्था बुझेर आएका संसद सचिवालयका एक अधिकारीका अनुसार व्यवहारमा पनि कार्यपालिका, व्यास्थापिका र न्यायपालिकाले शक्ति सन्तुलन कायम गर्दै आफ्नो काम गरिरहेका छन् ।
संघीय संसद् सचिवालयमा कार्यतर कर्मचारीमाथि यौन यौन दुव्र्यवहारको आरोप लागेर बहालवाला सभामुख (कृष्णबहादुर महरा)ले राजीनामा दिएपछि नेपालमा नयाँ सभामुख चयनको प्रक्रिया शुरू हुँदैछ । संसदीय लोकतन्त्रमा रुचि राख्नेहरूमा अबको सभामुख को होलान् भन्ने जिज्ञासा छ । झण्डै दुईतिहाइ बहुमत सहितको बलियो सत्तापक्ष र एक चौथाइ सदस्यभन्दा कम संख्यामा कमजोर प्रतिपक्ष रहेको समयमा संसद्को सन्तुलन कायम गर्ने सभामुख अहिलेको आवश्यकता हो ।
लोकतन्त्रको कसीमा सभामुखको भूमिका
२०४६ सालमा प्रजातन्त्रको स्थापनापछि बनेको पहिलो संसद्का सभामुख दमननाथ ढुंगानाले ‘सरकार सत्ता पक्षको, संसद् प्रतिपक्षको’ भन्ने मान्यतालाई अगाडि सारिदिए । संसदीय लोकतन्त्रको विशेषता भनेको संख्यात्मक रूपमा सानो किन नहोस् प्रतिपक्षको पनि भूमिका हुन्छ । प्रतिपक्षविनाको संसद्को परिकल्पना गरिँदैन, त्यो एकदलीय व्यवस्था हुन्छ ।
निवर्तमान सभामुख महराको कार्यशैलीप्रति न सत्तारुढ दल सन्तुष्ट थियो, न प्रतिपक्ष । महरा सत्तारुढ दलको कार्यकर्ताजस्तो बनेको आरोप प्रतिपक्षले बारम्बार लगाएको थियो भने प्रतिपक्षलाई आवश्यकताभन्दा बढी स्पेस दिएको सरकारको आरोप थियो ।
जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको सभामुखजस्तो शक्तिशाली पदमा रहेपनि महरा सरकारकासामु लाचार थिए । संसदीय समितिको काम सरकारलाई निर्देशन दिने होइनसम्म भन्न भ्याएका थिए । प्रतिपक्ष उठेर नारा लगाइरहेको समयमा विधेयक पारित गरिदिए । महरा सभामुख रहेको समयमा प्रतिपक्षले संसदीय मर्यादा कायम गर भनेर नाराबाजी गरिरह्यो । बदनामीको भारी बोक्नुबाहेक नेपालको संसदीय इतिहासमा महराले सम्झनलायक काम गरेका थिएनन् ।
संसद् सचिवालयका एक अधिकारीका अनुसार असोज २ गते संसद् अधिवेशन अन्त्य हुन्छ भन्नेबारे बिहान १०ः३० बजेसम्म पनि उनी जानकार थिएनन् । ‘विगतमा सभामुखको सिफारिसमा सरकारले अधिवेशन अन्त्यको निर्णय मन्त्रिपरिषद्मा लग्थ्यो, अहिले सरकारले निर्णय गरेपछि सभामुखले थाहा पाउनुभयो । संसद् यति कमजोर भएको हामीलाई थाहा थिएन,’ ती अधिकारी भन्छन् ।
कार्यपालिका र व्यवस्थापिकाको अधिकार संविधानमै किटान भइसकेको अवस्थामा कार्यपालिकाको प्रमुखसँग आँखा जुधाएर कुरा गर्न सक्ने व्यक्ति सभामुख बनेमा मात्र संसद्को शाख जोगिने ती अधिकारीको तर्क छ ।
सभामुख पूर्वमाओवादीले नै पाउने कि नेकपाका जो–कोहीले ?
२०७५ जेठ ३ गते तत्कलीन माओवादी र तत्कालीन नेकपा एमालेबीच पार्टी एकीकरण हुनुभन्दा पहिल्यै दुई पार्टीको अस्तित्व कायम रहेको समयमा चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादीले विभिन्न पदको भागबण्डा गरेका थिए ।
भागबण्डामा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष एमालेले पाउने, उपराष्ट्रपति र सभामुख पद माओवादी केन्द्रले पाउने सहमति भएको थियो । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनीहरूले भागबण्डा गरे । दुईदल एक भएर नेकपा गठन भएपछि एउटा पद छाड्नुपर्ने आवाज कांग्रेसले संसद्मा उठायो । त्यो आवाज विस्तारै सेलायो ।
महराले अप्रत्यासित ढंगले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएपछि नयाँ सभामुखको खोजीमा नेकपामा विवाद शुरू भएको छ । पार्टी एकीकरण समारोहमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एचटूओ मिलेर पानी बनिसकेको विम्ब प्रस्तुत गरेका थिए । पूर्व माओवादीको एउटा खेमाले सभामुख आफ्नो भागमा परेको दाबी गरिरहँदा पूर्वएमाले पक्ष भने प्रचण्डको सो भनाइ स्मरण गर्नुपर्ने बताउँछ ।
‘पार्टी एकीकरण भयो, हामी एक भयौं भनिसकेपछि फेरि पूर्वमाओवादी र पूर्वएमाले भनेर चिरा पार्ने कोशिश हुँदैछ,’ नेकपाका एक नेता भन्छन् । सहमतिमा पूर्व माओवादी पक्षमै गएपनि यतिबेला नेकपाभित्र सभामुखको सक्षम पात्र खोज्नुपर्ने उनको तर्क छ ।
पूर्वमाओवादी पक्ष भने यसअघि भएको सहमतिअनुसार सभामुखको पद खोसिए अन्याय गरेको ठहर्ने उनीहरूको तर्क छ ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सभामुखमा प्रभावशाली व्यक्ति खोजिरहेको नेकपा स्रोत बताउँछ ।
को होला त नयाँ सभामुख ?
नेकपाभित्र एउटा तप्का उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउने पक्षमा छ । तर उनलाई कुनै मन्त्री दिएर नयाँ सभामुख चयन गर्नेबारे नेकपामा अनौपचारिक कुराकानी भएको बुझ्न सकिन्छ । संविधानको बाध्यकारी व्यवस्थाअनुसार तुम्बाहाम्फे नै सभामुख बनेपनि उनले उपसभामुखबाट राजीनामा दिनै पर्नेछ । नेकपा स्रोतका अनुसार अहिलेकी उपसभामुख नै सभामुख बन्ने सम्भावना भने कमै छ ।
तुम्बाहाम्फे सभामुख नै नबनेपनि उनी उपसभामुख कायम रहँदा नेकपाका अन्य कुनै सांसद सभामुखको उम्मेदवार बन्न पाउँदैनन् । त्यसैले आफैं सभामुख बन्ने वा अर्को नेताका लागि छाडिदिने दुवै अवस्थामा तुम्बाहाम्फेको राजीनामा अनिवार्यजस्तै बनेको छ । उनले राजीनामा नदिने हो भने सभामुख पद अन्य दललाई दिनुपर्ने हुन्छ, जुन कुरा स्पष्ट बहुमत रहेको नेकपाले गर्ने देखिँदैन ।
महराका बारेमा सञ्चारमाध्यममा समाचार आएपछि असोज १४ गते नेकपा सचिवालय बैठकमा महरालाई राजीनामा गर्न सुझाव दिने सहमति भएको थियो । त्यसपछि नयाँ सभामुखको विषयलाई लिएर नेकपामा छलफल भएको छैन । मंसिर १४ गतेको उपनिर्वाचनपछि मात्र संसद्को अधिवेशन बोलाएर सभामुख चयन प्रक्रिया अगाडि बढाउने नेकपाको तयारी छ । सभामुख चयनकै लागि संसद्को हिउँदे अधिवेशन मंसिरमा बोलाउने तयारी नेकपाको छ ।
पूर्व माओवादी समूहबाट सभामुखका लागि सम्भावित केही नेताको नाम चर्चामा रहेको देखिन्छ । पूर्व माओवादी पक्षबाट नेकपा सचेतक समेत रहेका देव गुरुङ, पम्फा भुसाल, पूर्व सभामुख ओनसरी घर्ती, अग्नि सापकोटा र लेखराज भट्ट लगायतको नाम सामाजिक सञ्जालमा चर्चामा छ । त्यस अतिरिक्त संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको नाम पनि चर्चामा छ । नेम्वाङ स्वयंले भने सभामुखका लागि रुचि नभएको भनेर अभिव्यक्ति दिएका छन् ।
विश्वस्त स्रोतका अनुसार दलका शीर्ष नेताको इशारामै नेम्वाङले सभामुखमा रुचि छैन भनेर प्रतिक्रिया दिएका हुन् । ‘सभामुखका लागि सुवास नेम्वाङ नै पहिलो नम्बरको सम्भावित उम्मेदवार हो, अहिले बन्दिन भनेपनि परिस्थितिले बनाउन सक्छ,’ नेकपाका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।
नेम्वाङ स्वयं भने पटक–पटक सभामुख भइसकेकाले एकपटक शीतल निवास पुग्ने (राष्ट्रपति बन्ने) आकांक्षामा छन् । नेकपा संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री सरकारको काममा व्यस्त भएकाले संसदीय दलका काम उपनेता नेम्वाङले नै गर्दै आइरहेका छन् । सभामुख या उपसभामुखमध्ये एक आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेको नेपाली कांग्रेसले नेम्वाङप्रति ग्रीन सिग्नल दिने सम्भावना छ ।
पूर्व माओवादी खेमाबाटै सभामुख बन्ने अवस्थामा ओनसरी र पम्फाको सम्भावना पनि प्रबल छ । ‘विगतमा देखाएको कुशलताका कारण सभामुखका लागि ओनसरी सक्षम हुनुहुन्छ,’ पूर्वमाओवादी खेमाका एक सांसद भन्छन् । संसद् सचिवलायका अधिकारीहरू पनि सभामुखमा घर्तीको भूमिका ‘बोल्ड’ रहेको स्मरण गर्छन् । ‘शुरू–शुरूमा महरालाई संसदीय व्यवस्था बुझेको भनेर चित्रण गरिएको थियो, उहाँको तुलनामा ओनसरीको प्रभावकारिता कहाँ हो कहाँ अब्बल’ सचिवालयका एक वरिष्ठ अधिकारीले भने ।
अवसर जति एउटै रोल्पामै र परिवारमा केन्द्रित गरेको गुनासो पूर्वमाओवादीभित्र पनि छ । हुन पनि माओवादी राजनीति गरेका रोल्पालीहरू बेरोजगार बस्नु परेको छैन । रोल्पाकै नन्दबहादुर पुन उपराष्ट्रपति छन् भने वर्षमान पुन ऊर्जामन्त्री छन् । दाङबाट चुनाव जितेपनि महरा पनि रोल्पाली नै हुन् । ओनसरीका पति वर्षमान पुन मन्त्री रहेका कारण अवसर परिवारमा केन्द्रित गरेको आरोप लाग्ने भएकाले घर्तीले धेरै रुचि भने देखाएकी छ्रैनन् ।
भावी सभामुखको रूपमा पम्फा भुसालको नाममा पनि नेकपाभित्र अनौपचारिक छलफल भएको छ, तर स्वयं उनी भने मन्त्री बन्ने लाइनमा रहेको बुझिन्छ । ‘पम्फाजी पनि संसद्को नेता बन्य योग्य नेता हो, तर उहाँको रुचि पार्टीमै सक्रियता जनाउने बरू सरकारमा जाने भन्ने छ,’ पूर्व माओवादी स्रोत भन्छ ।
नेकपा संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका देव गुरुङको नाम पनि भावी सभामुखको रूपमा चर्चामा छ । नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङ संसदीय पद्धति र कानूनी विषयमा जानकार छन् ।
संसद्मा उपस्थिति जनाउने मात्र होइन अन्तिम समयसम्म बसेर विधायकी काममा समेत उनले सहभागिता जनाउँदै आएका छन् ।
संसद्को नेतृत्व गर्ने र अन्य दललाई मिलाएर लैजाने कौशलता कति देखाउन सक्छन् भन्ने प्रश्न भने छ । ‘सभामुखको समन्वयकारी भूमिकामा उहाँ कत्तिको फिट हुनुहोला ?’ पूर्व एमालेका एक नेता प्रश्न गर्छन । सरकार र प्रतिपक्षबीच तिक्तता बढेको समयमा दुवैलाई सन्तुलन गरेर लैजाने क्षमता अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
सभामुख बन्नका लागि नेकपा सांसदको भोट काफी छ, तर एकथरि तप्काले भने गुरुङलाई रोक्न खोजेको देखिन्छ ।
गुरुङले केहीसमय पहिले मात्र अमेरिकी सेनाको सहयोगमा स्थापना गरिएको नेपाली सेनाको रेञ्जर बटालियन खारेज गर्नुपर्ने बताएका थिए । गुरुङले पूर्व माओवादीका भगौडा सेना सम्बन्धमा सैनिक अदालतको निर्णयको विरोध गरेका थिए । उनले एनसेल प्रकरणमा सर्वोच्च अदालतको आदेशको पनि संसद्बाटै आलोचना गरेका थिए । अपर्झट सभामुखमा आफ्नो नाम आउनेबारे थाहा भएको भए उनले त्यो कुरा बोल्थे, बोल्दैनथे !
भावी सभामुखको सम्भावित उम्मेदवारको रूपमा चर्चा गरिएका अग्नि सापकोटामाथि सशस्त्र द्वन्दकालीन मुद्दा छ । सत्य निरूपण तथा मेलमिलापमा भइरहेको ढिलाइका कारण द्वन्द्वकालीन मुद्दाले पूर्व माओवादी नेताहरूलाई सताइरहेको छ ।
नेकपा संसदीय दलको कार्यालयमा भेटिएका एक सांसदलाई को बन्छ नयाँ सभामुख भन्ने प्रश्न गर्दा उनले ठट्यौली पारमा भने– ‘मेस्सीको प्यान !’ स्मरणीय छ, नेम्वाङ मेस्सीका फ्यान हुन् ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...