पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडौं – चिलीको राजधानी सान्टियागोमा हिंस्रक विरोध प्रदर्शनहरू भइरहँदा एक कपडा कारखानामा आगजनी गरिएपछि पाँचजनाको मृत्यु भएको छ ।
सेना र प्रहरीले विरोधकर्ताहरूमाथि अश्रूग्यास र पानीका फोहरा प्रहार गरेका छन् भने प्रमुख शहरहरूमा कर्फ्यु लगाइएको छ ।
सान्टियागोमा संकटकाल लगाइएको छ र त्यसलाई देशका अन्य शहरमा पनि घोषणा गर्न लागिएको छ ।
मेट्रोको भाडा बढाइएका कारण उठेको विरोध प्रदर्शन बढ्दै गएर जीवनयापनमा कष्ट तथा असमानताका कारण उब्जेको आक्रोशलाई प्रतिबिम्बित गरिरहेको छ ।
टेलिभिजनमा अबेर राति सम्बोधन गर्दै राष्ट्रपति सेबास्टियन पिन्येराले भने, ‘हामीहरू एक शक्तिशाली शत्रुविरुद्ध लडिरहेका छौं जसले सीमारहित हिंसा गर्न खोजिरहेको छ ।’
आइतवार विभिन्न शहरमा विरोधकर्ताहरूले थप बसहरूमा आगजनी गरे, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दंगा प्रहरीसँग भिडन्त गरे ।
पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री आन्द्रेस चाडविकले गम्भीर हिंसाका ७० वटा घटना भएको अनि सुपरमार्केट तथा अन्य व्यापारिक क्षेत्रमा ४० वटा लुटपाटको घटना भएको बताए ।
१० हजार ५०० प्रहरी र सैनिकहरू सडकमा तैनाथ गरिएको उनले जानकारी दिए । विरोधका क्रममा सातजनाको मृत्यु भएको उनले बताए र विस्तृत विवरण दिएनन् ।
अग्निनियन्त्रकहरूले आगजनी गरिएको कारखानाभित्र पाँचवटा शरीर फेला पारेको बताए ।
देशभरि १४ सयजनालाई हिरासतमा लिइएको अधिकारीहरूले बताए । प्रहरीसँगको भिडन्तमा दुईजनालाई गोलीको चोट लागेको छ ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...