कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – लेबनानमा विरोधकर्ताहरूले प्रमुख शहर र नगरमा शनिवार भेला भएर भ्रष्टाचार र देशका सम्भ्रान्त शासकको शासनविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा मानिसहरू घन्टैपिच्छे सडकमा थपिएर सरकारविरुद्ध अहिलेसम्मकै सबभन्दा विशाल प्रदर्शन गरेका छन् ।
विरोधकर्ताहरूले सडकमा नाचगान गरेका थिए । उनीहरूले लेबनानको झण्डा फर्फराउँदै जनता सत्तालाई पल्टाउन चाहन्छन् भनेका थिए ।
बिहान युवाहरूले नीलो झोला बोकेर राजधानी बेरुतका सडकमा सफाइ गरेका थिए । अघिल्लो रात गरिएको विरोध प्रदर्शनमा भएका फोहर उनीहरूले उठाएका थिए ।
लेबनानमा विगत पाँच वर्षमा भएको यो सबभन्दा ठूलो स्वतःस्फुर्त प्रदर्शन हो । विरोध प्रदर्शन राजधानी बेरुतबाट अन्त पनि सरेको थियो ।
सत्तारूढ वर्गले दशकौंदेखि आफू आफूमा शक्ति बाँड्ने र सम्पत्ति थुपार्ने काम गरेको तर भग्न भइरहेको अर्थतन्त्र र थोत्रोपुरानो संरचनालाई सुधार्न खासै काम नगरेको भनी जनता लामो समयदेखि आक्रोशित छन् ।
आर्थिक संकट बढ्दै गएपछि खर्चकटौतीको उपायका रूपमा सरकारले नयाँ करको प्रस्ताव गरेकोले अहिलेको आन्दोलन चर्केको हो ।
विरोधमा देशका विभिन्न जाति र धर्ममा विभाजित मानिसहरू एकजुट भएका छन् ।
‘जनताले अब सहन सक्दैनन्,’ बेरुतमा प्रदर्शन गरिरहेका विरोधकर्ता नादेर फारेसले भने, ‘राम्रा विद्यालय छैनन्, बिजुली छैन, पानी छैन ।’
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...