×

NMB BANK
NIC ASIA

नक्कली नोट बनाउने मेशिन लगायतका सामान सहित ३ जना पक्राउ

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
     पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बिपुल चोक बस्ने दोलखा मेलुङ गाउँपालिका-७ का पृथ्वी राज भन्ने २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन् । 
    नयाँबस्ती बिपुल चोकस्थित कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अवस्थामा नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । 
    उनीहरुबाट नेपाली रुपैयाँ १ हजार जस्तो देखिने ६५५७१० नम्बर उल्लेख भएको सगरमाथाको चिन्ह, गभर्नरको सहिछाप अंकित भएको र पछाडी भाग सादा भएको कागज पाना १७ थान, अगाडितर्फको भाग खाली अवस्थामा रहेको पछाडितर्फ हात्तीको चिन्ह भएको कागज पाना १५ थान, अगाडि र पछाडीको भाग केही टाँसिएको ६५५७१० नम्बर उल्लेख भएको कागज पाना १ थान, अगाडिको भाग मात्रै रहेको ६५५७१० नम्बर उल्लेख गरेको कागज १ थान गरी जम्मा ३४ थान, विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५ रुपैयाँ, पातलो चिप्लो कागज पाना १ सय ४२  थान र काटेको अवस्थाको कागज पाना १ सय ४९ थान, बाक्लो कागज पाना ६० थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान, सियो, क्यामेरा र कैची लगायतका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x