×

NMB BANK
NIC ASIA

भारतमा उपनिर्वाचन : महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

छत्तिसगढ । भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाराष्ट्रको साँझ ५ बजेसम्म र हरियाणामा वेलुका ६ बजेसम्ममा उक्त परिमाणमा मत खसेको थियो । महाराष्ट्र अन्तर्गतको मुम्बई जिल्लामा भने स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्ममा ४४ प्रतिशत मतदान भएको छ ।
   
महाराष्ट्र राज्य अन्तर्गतका २८८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदान राधानगरीमा भएको छ । अधिकारीहरुले त्यस क्षेत्रमा ७०.८९ प्रतिशत मतदाताले मतदान गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् । 


Advertisment
Nabil box
Kumari

तर सबैभन्दा धेरै मतदान भने उल्लासनगर निर्वाचन क्षेत्रमा भएको छ । उल्लासनगरमा मतदाताको सहभागीता निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उल्लासनगरमा बेलुका ५ बजेसम्ममा २६.२७ प्रतिशत मतदाता मात्रै मतदानमा सहभागी भएका छन् । 

Vianet communication
Laxmi Bank

महाराष्ट्रका २८८ र हरियाणाका ९० निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका छ बजेसम्म मतदानको समय तोकिएको थियो ।

सबै निर्वाचन क्षेत्रगरी कुल ४४ सय भन्दा बढी उम्मेदवार रहेका थिए । ती मध्ये हरियाणामा ११ सय ६९ जना र महाराष्ट्रमा ३२ सय ३७ जना रहेका थिए । 
महाराष्ट्रका मतदातालाई मतदानका लागि राज्यभरी ९६ हजार ६६१ ओटा मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
  
महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा)ले १५० निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार उठाएको छ भने अरु १२४ निर्वाचन क्षेत्रमा शिवसेनाका उम्मेदवारलाई समर्थन गरेको छ । 

भाजपाले बाँकी निर्वाचन क्षेत्रमा भने अन्य साना पार्टीहरूलाई समर्थन गर्नेगरी उम्मेदवारी नउठाएको नेताहरुले बताएका छन् । 
  
अर्कोतर्फ भारतीय राष्ट्रिय काँग्रेसले पनि राष्ट्रवादी काँग्रेस पार्टीसँग गठबन्धन गरेर उम्मेदवारहरू चुनावी मैदानमा खडा गरेको छ ।
 
यसैगरी हरियाणामा स्थानीय समय अनुसार बेलुका ६ बजेसम्ममा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले मतदान गर्नेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् । 

यस राज्यमा सन् २०१४ मा भएको निर्वाचनमा भने ७६.५४ प्रतिशत मतदाताले मतदान गरेका थिए । हरियाणाकै चित्रकोट निर्वाचन क्षेत्रमा यस पटक पनि बेलुका ५ बजेसम्ममा ७४.३९ प्रतिशतले मतदान गरेको अधिकारीहरुले जनाएका छन् ।  

माओवादीबाट प्रभावित यस राज्य माओवादीको प्रभाव क्षेत्र हो । आक्रमणमा पर्नसक्ने त्रासले मतदाताहरू मतदानकेन्द्रमा कम गएको हुनसक्ने अनुमान गरिएको विभिन्न भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यस निर्वाचनलाई जम्मु काश्मिरलाई केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको,  भारतीय अर्थतन्त्रमा पछिल्लो समय देखिएको मन्दी र बेरोजगारी वृद्धिलगायत प्रति मतदाताको अभिमतका रुपमा पनि हेरिएको छ । 

निर्वाचनमा विपक्षीले किसानहरूको बढ्दो आत्महत्या र बढ्दो बेरोजगारीलाई प्रमुखताका साथ उठाएका थिए भने भाजपा गठबन्धनले धारा ३७० खारेजीको निर्णयलाई मोदी सरकारको सफलताको रूपमा अघि सारेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x