सुनको भाउ घट्यो, आज कति छ मूल्य ?

कात्तिक ५, २०७६

काठमाडौं –नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।

मंगलवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 


ADVERTISEMENT

मंगलवार तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार मंगलवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

कात्तिक ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस