×

NMB BANK
NIC ASIA

जापानमा राजा नारुहितोले गरे गद्दी आरोहण

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जापानका राजा नारुहितोले मंगलवार लगभग दुई हजार स्वदेशी तथा विदेशी पाहुनाको उपस्थितिमा गद्दी आरोहण गरेका छन् । टोक्योस्थित राजदरबारमा प्राचीन किसिमको समारोहमा उनले गद्दी आरोहण गरेका हुन् । 

Muktinath Bank

५९ वर्षीय राजाले विशेष अवसरमा मात्र लगाइने गाढा सुन्तला रंगको वस्त्र लगाएका थिए । उनले ६.५ मिटर अग्लो ताकामिकुरा गद्दीमा चढेर गद्दी आरोहणको घोषणा गरेका हुन् । समारोहमा पत्नी मासाकोलाई सँगैको मिचोदाइ गद्दीमा राखिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जापानको संविधानबमोजिम तथा राजदरबारको कानूनमा रहेको विशेष कानूनबमोजिम गद्दीको उत्तराधिकार प्राप्त गरेको म अहिले स्वदेशी तथा विदेशी पाहुनाका अगाडि गद्दी आरोहण गरेको घोषणा गर्छु,’ उनले ताकामिकुरामा घोषणा गरे । 


Advertisment
Nabil box
Kumari

आफूले संविधानबमोजिम काम गर्ने र राज्य तथा जापानी जनताको एकताको प्रतीकका रूपमा जिम्मेवारी निर्वाह गर्ने उनले बताए । 

Vianet communication
Laxmi Bank

पानी परिरहेको भए पनि सानो समूहमा मानिसहरू राजदरबारको ढोकामा जापानी झण्डा हल्लाउँदै नारुहितोलाई उत्साहित बनाइरहेका थिए । नारुहितोले कारको खुला झ्यालबाट जनतातर्फ फर्केर हात हल्लाउँदै मुस्काएका थिए । 

नारुहितोको गद्दी आरोहण समारोहमा शाही परिवारका सदस्य तथा शीर्ष नेताहरू उपस्थित थिए । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सहित अन्य देशका राष्ट्रप्रमुखहरू पनि समारोहमा उपस्थित थिए । 

यसै वर्षको मे महिनामा ८५ वर्षीय पिता सम्राट अकिहितोका उत्तराधिकारीका रूपमा नारुहितोले गद्दी प्राप्त गरेका थिए । जिउँदै छँदा गद्दी त्याग्ने अकिहितो विगत २०० वर्षमा पहिलो जापानी सम्राट हुन् । 

आजको समारोह चाहिँ नयाँ सम्राटको गद्दी आरोहणको औपचारिक घोषणा गर्नका लागि आयोजना गरिएको हो ।

जापान टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x