×

NMB BANK
NIC ASIA

नेकपा कार्यकर्तालाई मापदण्डमा समेट्नै मुश्किल, जिम्मेवारी नपाउँदा असरल्ल

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचथर - दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपा पाँचथरले मंगलवार फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ/नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार नभएको नेकपाले बताएको छ । तत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँ÷नगर कमिटीका कतिपय पदाधिकारी तथा सदस्यलेसमेत हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रीप्रसाद जवेगुले हालसम्म कुनै पनि जिम्मेवारी पाएका छैनन् । अर्का तत्कालीन पोलिटब्युरो सदस्य नरबहादुर दुलालसमेत जिम्मेवारीविहीन छन् ।

Vianet communication
Laxmi Bank

तत्कालीन एमालेका राष्ट्रिय परिषद् सदस्य गणेशकुमार काम्बाङ, जिल्ला नेता थुमनाथ चापागाईं जिम्मेवारीविहीन छन् । नेकपा पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार विगतमा दुई पार्टीका जिल्ला कमिटीका केही सदस्यले गाउँ÷नगर कमिटीमा समेत जिम्मेवारी पाएका छैनन् ।

यस्तै सक्रिय नेताले कार्यकारी जिम्मेवारी नपाउँदा नेकपामा जिल्लास्तरमा खटपटसमेत देखिने गरेको छ । जिल्लाबाट नेकपाका ११ जना प्रदेश कमिटी सदस्यमध्ये राजकुमार भण्डारी जिल्ला अध्यक्ष, होमबहादुर जवेगु जिल्ला सचिव छन् । बाँकी नौ जना नेताहरुले कार्यकारी जिम्मेवारी पाएका छैनन् ।

गाउँ/नगर कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि बाहेकका सदस्य बेरोजगार जस्तै हुनुपरेको जिल्ला कमिटी सदस्य राजन खतिवडाको गुनासो छ । आजको कार्यक्रममा नेताहरुले अतिथिको रुपमा आमन्त्रण गरिए पनि कतिपय कार्यकर्ताले आफूहरु पार्टी मापदण्डमा नपरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

पार्टीले कतिपयलाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएको थियो भने कतिपय कार्यकर्ता कार्यक्रममै सहभागी नभई बसेका थिए । दुई पार्टीको एकतापछि जिल्लास्तरमा कुनै पनि सार्वजनिक कार्यक्रम नभएको भन्दै कतिपय कार्यकर्ताले आमसभा गरिनुपर्ने मागसमेत गरेका थिए ।

यस्तै यहाँका तीन स्थानमा उपनिर्वाचन हुन लागेकाले वर्तमान सरकार सञ्चालन गरिरहेको पार्टीको शीर्ष नेतृत्वले स्थानीयका गुनासा सुन्नुपर्ने कार्यकर्ताले माग गरेका थिए । नेकपा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णुप्रसाद पौडेलसँग जिम्मेवारी नपाएका नेता कार्यकर्ता जिम्मेवारी दिन आग्रह गरे । उनले भने, ‘लामो समयदेखि जिम्मेवारी नहुँदा नेता कार्यकर्तामा आलस्य पैदा हुँदै गएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘सबैलाई चाँडोभन्दा चाँडो जिम्मेवारी दिएर पार्टी निर्माणमा जोड्नुपर्ने आवश्यकता छ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको बाँकी काम सम्पन्न गर्न ढिलाइ भए पनि अब लामो समय नलाग्ने बताए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले तीन महीनामा सम्पन्न गर्नुपर्ने एकताको काम १७ महीनामा पनि नसकिएको भन्दै आफूहरुलाई आत्मग्लानी भएको बताए । ‘एक वर्षमा एकता सम्पन्न होला भन्ने थियो । यति लामो समय लम्बिँदा हामीलाई पनि अप्ठ्यारो भएको छ,’ पौडेलले भने ।

महासचिव पौडेलले अब केही दिनमा केन्द्रदेखि जिल्लासम्म अड्किएका एकताको काम सम्पन्न गरिने कार्यकर्तालाई जानकारी गराएका थिए । प्रशिक्षणमा नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले कानूनी शासन स्थापनाको प्रयत्न गरेको बताउँदै अफवाह चिर्न कार्यकर्तालाई आग्रह गरे ।

‘हामीले हाम्रा नेताहरुले दोषी देखिएको ठाउँमा कानूनी कारवाही हुनुपर्छ भनेर जोड दियौँ । सरकारले कुनै कञ्जुस्याइँ गरेन्,’ नेम्वाङको भनाई उद्धृत गर्दै कार्यक्रममा सहभागी नेकपाका जिल्ला सदस्य राजन खतिवडाले भने । कानूनी राज्य निर्माणमा सक्रियता देखाएकामा आफ्ना नेताहरुको प्रशंसा गर्न नेम्वाङले आग्रह गरे । रवीन्द्र काफ्ले/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x