×

NMB BANK
NIC ASIA

उपनिर्वाचन : दुई दलका उम्मेदवार सिफारिस, नेकपाले अझै सिफारिस गर्न सकेन

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ । आउँदो मङ्सिर १४ गते जिल्लाको क्षेत्र नं. २ (ख) मा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ ।

Muktinath Bank

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने अझै उम्मेदवार सिफारिस गर्न सकेको छैन । नेपाली काङ्ग्रेसले महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    क्षेत्रीय समितिबाट आएको नामावलीलाई अनुमोदन गरेर पार्टी केन्द्रमा पठाइएको नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले बताए। “सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छौँ”, उनले भने, “उम्मेदवारको अन्तिम टुङ्गो पार्टी केन्द्रले नै लगाउँछ ।”


Advertisment
Nabil box
Kumari

    तीन जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि आकाङ्क्षी बढी भएपछि काङ्ग्रेसले चार जनाको नाम पठाएको छ । पहिलो नम्बरमा सिफारिस भएका शेरचन यसअघिको निर्वाचनमा समेत उम्मेदवार थिए । शेरचन तत्कालीन वाम गठबन्धनबाट विजयी बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।

Vianet communication
Laxmi Bank

    प्रदेशसभा सदस्य घर्तीको गत वर्ष स्वास्थ्य समस्याका कारण निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । आफ्नै उम्मेदवारले जितेको क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पनि सम्भावित तीन जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

    आइतबार बसेको पार्टीको जिल्ला समिति बैठकले स्वर्गीय प्रदेशसभा सदस्य घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको हो । उम्मेदवारको अन्तिम निर्णय पार्टीको केन्द्रीय संसदीय बोर्डले गर्ने राजमोले जनाएको छ ।

    नेकपाले भने उम्मेदवारबारे बुधबार बस्ने जिल्ला समिति बैठकमा छलफल हुने जनाएको छ । “यही कात्तिक १० गतेभित्रै उम्मेदवारको सिफारिस पठाउन केन्द्रले समयसीमा तोकेको छ”, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ले भने, “स्थानीय तहको पार्टी संयन्त्रसँगको छलफल र सुझाव लिएर नामावली पठाउँछौँ ।”

    नेकपा केन्द्रले एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । नेकपाबाट उम्मदेवारमा तुलसीराम अर्याल र मोहनलाल रेग्मीको नाम बढी चर्चामा छ । दुवै नेकपाका पुराना नेता हुन् ।

    जिल्लामा क्रियाशील अन्य दलले पनि उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक गृहकार्य थालेका छन् । उम्मेदवारको निर्णय भएपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा दलहरु छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति यही कात्तिक २१ गतेलाई तोकेको छ ।

    प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपनिर्वाचन हुन लागेको हो ।

    गत निर्वाचनमा वाम गठबन्धन बनाएर लडेका नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपनिर्वाचनमा तालमेल हुने÷नहुने निश्चित छैन । राष्ट्रिय जनमोर्चाले मङ्गलबार नै नेकपालाई चुनावी एकताका लागि प्रस्ताव गरेको छ ।

    विसं २०७४ को प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमार्चाबीच गठबन्धन बनेको थियो । गठबन्धन बनेपछि जिल्लाका सबै निर्वाचन क्षेत्रमा वाम दलले विजय हासिल गरेका थिए । 

    प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले, दुईमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं. २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले पाएको थियो । उपनिर्वाचनका लागि ३६ हजार ९२६ मतदाताको नामावली टुङ्गिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x