×

NMB BANK
NIC ASIA

डोजर 'इन्जिनियर'को आतंक

कात्तिक ६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं –सोमबार मध्याह्न १२ बज्दै थियो । स्थानीय केशवदत्त जोशी डोजर लिएर दशरथ चन्द नगरपालिका–९, ग्वाल्ले गाउँमा आइपुगे । यो ठाउँमा सडक बनाउन संघीय, प्रदेश वा स्थानीय तह कसैको पनि योजना थिएन । तर, जोशीको डोजरले काम पाइरहेको थिएन । त्यसैले उनले आफ्नै गाउँमा डोजर लिएर गए । साथमा थिए चालक किशोर बोहरा । 

Muktinath Bank

केशव स्थानीय सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष हुन् । तर, सो क्षेत्रमा सडक खन्ने विषयमा गाउँलेहरूबीचमा सहमति हुन सकेको थिएन । त्यसैले नयाँ समिति बनेको थियो । तर, पनि सडक खन्ने विषयमा सहमति जुटिसकेको थिएन । स्थानीय दशरथ चन्द नगरपालिकाले पनि यसका लागि कुनै बजेट छुट्याएको थिएन । स्थानीय जनप्रतिनिधिलाई अहिले बाटो खन्दै गर्छु, पैसा पछि मिलाउँला भनेर सहमति गरेको उनको भनाइ छ । तैपनि मेयर र उपमेयरले यस्तो वचन दिएको स्विकारेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमा अचानक डोजर आएर बारी खन्न थालेपछि कोकोहोलो मच्चियो । स्थानीय बासिन्दाले अहिले सडक नखन्न अनुरोध गर्न थाले । विवाद बढ्दै गयो । त्यहीबीचमा अपरेटरले डोजर स्टार्ट गरे । विरोधस्वरूप स्थानीय बासिन्दा डोजरको अगाडि उभिए । यसो गर्दा डोजर रोकिन्छ भन्ने उनीहरूको आशा थियो । तर, अपरेटरले मान्छेमाथि नै डोजर चलाए । पहिले समूहलाई नै डोजरले सोहोरे । उठेर आफूलाई सम्हाल्न खोजिरहेका गाउँलेलाई बकेटले हिर्काउन थाले । 


Advertisment
Nabil box
Kumari

बकेटले लागेर स्थानीय गौरा जोशी बल्ड्याङ मार्दै दुई कान्ला तल खसिन् । उनको पिठ्युँमा चोट लागेको छ । गौरालाई उठाउन सुरेन्द्रप्रसाद जोशी हतार–हतार त्यता गए । उनी पनि घाइते भए । यसरी आठजनालाई घाइते बनाएपछि मात्र डोजर अपरेटर चुप लागे । 

Vianet communication
Laxmi Bank

गौरालाई धनगढी हुँदै अहिले नेपालगन्ज ल्याइएको छ । ‘डोजरले फाल्दा रिँगटा लागेझैँ भयो । कतिखेर बेहोस भएछु पत्तै पाइनँ,’ नेपालगन्ज मेडिकल कलेजमा गौराले भनिन्, ‘ढाडमा चोट लागेको छ, अहिले औषधि खाँदै छु ।’

त्यहाँ सडक खन्ने विषयमा भएको विवाद नगरपालिकासम्म पुगेको थियो । नगरपालिकाकी उपमेयर मीना चन्दले तिहारपछि अनुगमन गरेर उपयुक्त ठाउँबाट सडक खन्ने सहमति भएको बताइन् । ‘सडक खन्ने क्रममा एकथरी जग्गा नदिने अडानमा थिए भने अर्कोथरी खन्नैपर्ने जोडमा थिए । २८ असोजमा उहाँहरू नगरपालिकामै आउनुभएको थियो । जग्गाधनी र अहिले डोजर चलाउने दुवै पक्ष आउनुभएको थियो । उहाँहरूसँग अहिले तिहारको वेला छ, तिहारपछि अनुगमन गरेर कुन ठाउँबाट कसरी बाटो लैजाने निर्णय गरौँला भनेका थियौँ,’ उनले नयाँ पत्रिकासँग भनिन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेयले पनि विवाद नटुंग्याई सडक नखन्न प्रहरीले दिएको सुझाबविपरीत डोजर चलाइएको बताए । ‘सडकमा जग्गा पर्नेहरूले असन्तुष्टि जनाएका थिए । विवादपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा आएर उहाँहरूले पटक–पटक छलफल गर्नुभएको थियो । त्यो छलफलमा म पनि गएको थिएँ । विवाद नटुंग्याई सडक नखन्न हाम्रो सुझाब थियो । नगरपालिकाले पनि अहिले नखनौँ भनेको थियो । केही दिनदेखि हामीले नै सडक खन्न रोकिदिएका थियौँ । तर, उपभोक्ता समितिले अकस्मात् डोजर चलाएछ,’ डिएसपी पाण्डेयले भने । 

उनका अनुसार डोजरचालक दशरथचन्द नगरपालिका–२ देहीमाडौका किशोर बोहरा पक्राउ परेका छन् । बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए । दुवै पक्षका अन्य तीनजनालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको उनको भनाइ छ । तर, जबरजस्ती डोजर परिचालन गर्ने केशवदत्त जोशी अहिलेसम्म पक्राउ परेका छैनन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x