×

NMB BANK
NIC ASIA

वामदेवको ‘उपाध्यक्ष’ पद दुई महिनादेखि अलपत्र

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ ।

Muktinath Bank

गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा दुई महिनादेखि गौतमले जिम्मेवारी सम्हाल्न पाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो । तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब दश महिनासम्म बोलाइएको छैन । 


Advertisment
Nabil box
Kumari

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको मर्यादाक्रम एक तह तल झार्ने र त्यहाँ झलनाथ खनालको वरीयता बढुवा गर्ने सचिवालयले निर्णय गरेको थियो । यी दुवै निर्णयलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि साथ दिएपछि नेकपाको शीर्ष तहको समीकरण नै बदलिएको थियो । अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम नजिकिँदै गएका वेला पछिल्लो निर्णयसँगै नेपाल एक्लिएका थिए ।    

Vianet communication
Laxmi Bank

अध्यक्ष केपी ओलीले धोका दिएकाले पार्टीमा जिम्मेवारी खुम्चिएकामा असन्तुष्ट गौतमले उनकै प्रस्तावमा महत्वपूर्ण जिम्मेवारी पाएको महसुस गरेका थिए । पछिल्लो प्रस्तावसँगै दुई अध्यक्षपछिको महत्वपूर्ण जिम्मेवारीका साथ प्रभावशाली भूमिकामा उदाएको महसुस गरेका गौतम लामो समयसम्म प्रस्ताव कार्यान्वयन नभएपछि भने उनले नेतृत्वले उपेक्षा गरेको आशंका गर्न थालेको उनीनिकट स्रोतले जनाएको छ । 

गौतमलाई विधानविपरीत उपाध्यक्षमा प्रस्ताव 
गौतमको उपाध्यक्ष सिफारिस विधानसंगत छैन । विधानको दफा १८ मा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव मात्रै रहने व्यवस्था रहेकामा बैठकले गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको हो । गौतमलाई एक्कासि उपाध्यक्षमा प्रस्ताव गरिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले घुमारो तरिकाले असन्तुष्टि जनाएका थिए । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x