×

NMB BANK
NIC ASIA

सुस्त सांसद

संसद नचलेको बेला बिदा मनाउँदै ‘मिनि संसद’ : सरकारमाथि भएन निगरानी

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुुटवल – ५ नम्बर प्रदेशका संसदीय समितिहरू निष्क्रिय जस्तै भएका छन् ।

Muktinath Bank

‘मिनी संसद’ मानिने समिति प्रभावकारी नहुुँदा सरकारका गतिविधिको सही निगरानी हुुन सकेको छैन । संसदीय व्यवस्थामा संसदीय समिति बढी सक्रिय हुुनुपर्ने हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशमा ६ वटा संसदीय समिति छन् । प्रदेश सरकारका मन्त्रीलाई समितिका बैठकमा बोलाएर घच्घच्याउने र दबाब दिने गरेको समेत पाइँदैन । 


Advertisment
Nabil box
Kumari

सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीको अनियमितताको अध्ययन गरी त्यसको सत्यतथ्य पत्ता लगाउनेबाहेक अन्य समितिले खासै प्रभावकारी काम गरेको देखिँदैन । समितिहरू अनुुगमनमा मात्र बढी हिँड्नेबाहेक सरकार काम कारवाहीको सही निगरानी गरेको पाइँदैन ।

Vianet communication
Laxmi Bank

सदनको बजेट अधिवेशन अन्त्य भएपनि समितिका सभापतिदेखि सदस्यहरू दशैंतिहारको बिदामा गृहजिल्लामा गएर बसेका छन् । प्रदेश सभाको बजेट अधिवेशन ४ महिना चलेर गएको असोज २ गते अन्त्य भएको थियो ।

प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले दशैंतिहारले गर्दा समितिका बैठक बस्न नसकिएको बताए । ‘मैले बैठक डाक्ने योजना बनाए तर माननीयहरू सबै गृहजिल्लामा रहेको हुँदा कोरम नपुग्ने भएपछि बैठक दशैंतिहारको बीचमा बस्न सकिएन,’ पाण्डेले भने ।

हालसम्म समितिका २१ वटा बैठक बसेका छन् । विभिन्न जिल्लामा आफूहरूले अनुगमन पनि गरेको पाण्डेले बताए ।

अर्थ, उद्योग तथा पर्यटन समितिमा एजेन्ड नभएपछि बैठक नबसेको जनाइएको छ । समितिका सभापति दधिराम न्यौपानेले सदनको बैठक नबसेपछि समितिको बैठक पनि बस्न नसकिएको बताए । ‘सदन अन्त्य भएपछि सबै सांसदहरू गाउँ जानुभएको छ । खासै एजेन्ड पनि छैनन् । त्यसैले बैठक बस्न सकिएको छैन,’ उनले भने । समितिको बैठक कहिले बस्ने भनेर अझै मिति तय नभएको सभापति न्यौपानले बताए । 

सार्वजनिक लेखा समितिमा पनि त्यस्तै छ । समितिका सभापति डिल्लीबहादुर चौधरी विदेश भ्रमणमा छन् । समितिकी सदस्य गीता थापाले सदन चल्दै गर्दा बैठक बसेपनि त्यसपछि बैठक नबसेको र बस्ने मिति पनि तय नभएको बताइन् ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुुमारी शर्माले संसद स्थगन भएपछि माननीयहरूलाई किन दुुःख दिने भनेर बैठक नबसिएको बताइन् । ‘सरकारलाई घच्घच्याउने विषयहरू पनि छैनन् । त्यसैले सदन सञ्चालन गर्नुु अगाडि बैठक बस्ने योजना छैन,’ शर्माले भनिन् ।

भौतिक पूूर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकारले प्रदेशका योजनाको काम के–कस्तो भइरहेको छ भनेर विभिन्न जिल्लामा अनुुगमन गरिएको बताइन् । विषयगत समितिको कार्यक्षेत्र समयमै टुंगो नलाग्दा एउटै विषयवस्तुको दोहोरो अनुगमन समेत भएको पाइएको छ ।

कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले आफ्नो कार्यक्षेत्र अनुरुप अनुगमन शुरू गरिएको बताए । समितिले तराईका ६ जिल्लाको अनुगमन दशैंअघि नै सकेको छ । अनुुगमन गरेपनि प्रतिवेदन भने बुुझाएको छैन । कृषि अनुदानमा घोटाला भएको उजुरीको आधारमा अनुगमन गरिएको सभापति डिल्ली चौधरीले बताए । करीब ३ महिनाअघि थालिएको अनुगमनले अझैं मूर्तरुप पाएको छैन ।

समितिको अनुगमनमा लाखौं खर्च हुने गरेको छ तर सरकारलाई निर्देशन दिएका बिरलै घटना छन् । गत वैशाख र जेठमा लेखा समितिले तराईका ६ जिल्लाका नदीको अनुगमन गरेको थियो । पूर्वी र पश्चिमका जिल्लामा अनुगमनका लागि ३ वटा टोली बनाइएको थियो । 

समितिका सदस्यले ती अनुगमनमा जाँदा ४ लाख ३६ हजार रुपैयाँ भत्ता बुझेका छन् तर हालसम्म कुनै प्रतिवेदन लेखा समितिले दिएको छैन । अनुगमन गएबापत सांसदले प्रतिदिन २ हजार रुपैयाँ भत्ता पाउँछन् । प्रारम्भिक प्रतिवेदन समेत बनेको छैन । सोही विषय अनुगमन गर्न फेरि अर्काे समिति जिल्लामा निस्किएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x