×

NMB BANK
NIC ASIA

प्रविधिमैत्री हुँदै सामुदायिक विद्यालय

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खलङ्गा – जुम्लाका सिंजा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् ।

Muktinath Bank

पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । सिंजा गाउँपालिका–६ मा रहेको माध्यमिक विद्यालयहरुले डिजिटल हाजिरीको शुरूआत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षको ज्येष्ठ महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुगेको विद्यालयले जनाएको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले बताए। 


Advertisment
Nabil box
Kumari

शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेको उनको भनाइ छ । शिक्षक नियमित हुने बित्तिकै विद्यालयको पठनपाठनमा धेरै सुधार हुने गरेको बुढाले बताए। विद्यालयले मल्टिमिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । हाल कम्प्युटर कक्षा मल्टिमिडिया प्रयोग गरेर पढाउन शुरू गरेकोसमेत उनले बताए। 

Vianet communication
Laxmi Bank

कम्प्युटर शिक्षक देवीलाल रावतका अनुसार अब अन्य विषयलाई समेत मल्टिमिडियाबाट अध्यापन गराउने उनको भनाइ छ । त्यस क्षेत्रका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । सिंजा गाउँपालिका–५ मा फुंग्रमा रहेको कैलाश माविले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ ।

माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले जनाएको छ । सिंजा गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल थालेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए। गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ । विद्यालयमा शिक्षक १० बजेअघि नै उपस्थित हुनुपर्नेमा त्यसो नदेखिएकाले डिजिटल हाजिरीपछि शिक्षकको उपस्थिति समयमै हुन थालेको छ । 

गाउँपालिकाको शिक्षा क्षेत्रमा राम्रो परिणाम दिनका लागि स्थानीय सरकारले चासो देखाएको छ । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने भएको छ । प्रशस्त मात्रामा आन्तरिक स्रोत भएका विद्यालय प्रविधिमैत्री हुन थाले पनि सिंजाका अधिकांश विद्यालयलाई भने शिक्षक व्यवस्थापनमै हम्मेहम्मे परेको बताइन्छ ।

समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फल झैं भएको शान्तिजन आधारभूत विद्यालय काडागाउँका प्रअ मानबहादुर रोकायाले जानकारी दिए। 

राजनीतिक पहुँचका आधारमा भनसुन गरी स्रोत लिन सफल केही विद्यालय तथा स्थानीय सरकारले समेत सहयोग गरेकोबाहेक जिल्लामा ठूलो सङ्ख्याका विद्यालयमा आवश्यक शिक्षक, भौतिक पूर्वाधार व्यवस्थापनमै रुमल्लिनु परेको शिक्षा क्षेत्रका जानकारले बताउने गरेका छन् । विजय रावत,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x