चीनले हङकङकी प्रमुख कार्यकारीलाई हटाउने तयारी गर्दै

कात्तिक ६, २०७६

काठमाडौं – बेइजिङले हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई पाँच महिनाको विरोध प्रदर्शनपछि हटाउने योजना बनाएको छ । 

बेइजिङपक्षधर लामले विरोधकर्ताहरूबाट निरन्तर आलोचना पाइरहेकी छन् । 


ADVERTISEMENT

अहिलेसम्म चीनको केन्द्रीय सरकराले उनलाई र हङकङ प्रहरीलाई समर्थन गरिरहेको छ अनि प्रदर्शनकारीहरूलाई दंगाबाज भन्दै हिंसाको भर्त्सना गरेको छ । 

हङकङ सरकारले आज विवादास्पद सुपुर्दगी विधेयक औपचारिक रूपमा फिर्ता लिएको छ । 

‘म विधेयक फिर्ता लिइएको औपचारिक घोषणा गर्छु,’ सुरक्षामन्त्री जोन लीले हङकङको संसद्लाई बुधवार जानकारी दिए । 

हङकङ शान्त तथा स्थिर हुन्छ कि हुँदैन भन्ने आधारमा लामलाई हटाउने वा नहटाउने विषय निर्धारित हुने बताइएको छ । हङकङ शान्त भएमा बेइजिङ हिंसाका कारण नझुकेको संकेत जान्छ । 

लामको कार्यालयले उनलाई हटाइने अनुमानमाथि टिप्पणी नगर्ने बताएको छ । 

एजेन्सी
 

कात्तिक ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस