लक्ष्मी बैंकको ११६औँ शाखा काठमाण्डौंको तहाचलमा

कात्तिक ७, २०७६

काठमाडौं – लक्ष्मी बैंकले तहाचलमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । 

११६औँ शाखाको रुपमा आएको यस शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको जनाएको छ । 


ADVERTISEMENT

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय १६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।
 

कात्तिक ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार