कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । यो कहिल्यै गर्नु हुँदैन ।
स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो-सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।
तपाईंले उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो समयसम्म यसो गर्दा पाचनप्रणाली नै बिग्रन पुग्छ ।
यसरी पानी पिउँदा शरीरले पानी छान्न पाउँदैन र फोहोरहरू मूत्राशय, मृगौला र रगतमा जम्न पुग्छन् । यसले मृगौला बिगार्छ र मूत्रनली पनि खराब बनाउँछ ।
यसरी लामो समयसम्म उभिएर पानी पिउँदा बाथरोग पनि लाग्छ । यसरी पानी पिउँदा शरीरका तरल पदार्थको सन्तुलन बिग्रन्छ अनि जोर्नीहरूमा पानी जमेर बाथरोग लाग्छ । यसरी पिउँदा शरीरको नसामा पनि तनाव आउँछ ।
उभिएर पानी पिउँदा शरीर सधैं सतर्क अवस्थामा रहन्छ जबकि बसेर पानी पिउँदा शरीरले रिल्याक्स महसूस गर्छ । यसरी रिल्याक्स हुँदा नसा शान्त हुन्छ अनि शरीरभित्र पाचन प्रक्रिया सहज हुन्छ ।
उभिएर पानी पिउँदा पेटको अन्नप्रणालीको तल्लो भागमा पानी छचल्किन्छ । यसले अन्नप्रणाली र पेटबीचको जोर्नी (स्फिङ्क्टर) फुल्छ । यसरी स्फिङ्क्टर फुल्दा पेटका अम्ल (एसिड) उल्टो बग्न थाल्छन् र अन्नप्रणालीलाई जलन हुन्छ । यसले अल्सर गराउँछ । यसरी उभिएर पानी पिउँदा पाचनप्रणाली ध्वस्त हुन्छ ।
बसेर बिस्तारै चुस्की लिँदै पानी पिउनु नै उत्तम उपाय हो ।
उभिएर पानी पिउनै हुँदैन भन्ने हैन तर सकेसम्म यसो नगर्नुस् । लामो समय यसो गर्दा स्वास्थ्यमा साह्रै नराम्रो असर पर्छ ।
एजेन्सी
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...