नागिन ३ की अभिनेत्रीलाई डेंगू, अस्पतालमा भर्ना

कात्तिक १३, २०७६

काठमाडौं – नागिन ३बाट चर्चा कमाएकी अभिनेत्री पवित्रा पुनियाँलाई डेंगू भएको छ । डेंगूका कारण बिरामी भएकी उनी अस्पतालमा भर्ना भएकी छिन् । 

अभिनेत्रीको निटकस्थहरूका अनुसार,डेंगूको संक्रमण देखिएपछि उनी ४ दिन पहिले अस्पतालमा भर्ती भएकी थिइन् । उनी अहिले पनि अस्पतालमै उपचाररत छिन् । 


ADVERTISEMENT

हाल पवित्रा बालवीर रिर्टन्समा काम गरिरहेकी छिन् । यसअघि उनले नागिन ३ मा काम गरेकी थिइन् । जसबाट उनको चर्चा चलेको थियो । एजेन्सी

कात्तिक १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार