×

NMB BANK
NIC ASIA

स्वास्थ्य अपडेट

डायलासिस गरेर बिहीवार नै निवास फर्कने प्रधानमन्त्रीको तयारी

कात्तिक १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – मिर्गौलाको डायलासिस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार सरकारी निवास बालुवाटार फर्किने तयारी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्यमा समस्या देखिएपछि बुधवार बिहान करीब १० बजे प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित फलोअपमा गएको बताइएपनि मृर्गाैलामा समस्या देखिएपछि अपराह्न मिर्गौलाको डायलासिस गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको स्वास्थ्य बाहिर सञ्चारमाध्यममा आएजस्तो ‘क्रिटिकल’ नभएको बताए । 

Vianet communication
Laxmi Bank

बिहीवार बिहान लोकान्तरसँग कुरा गर्दै अर्यालले भने, ‘मैले भर्खर उहाँलाई भेटेर फर्कें । उहाँको स्वास्थ्यस्थिति सामान्य छ । उहाँ आजै बालुवाटार फर्कने तयारीमा रहनुभएको मैले बुझेको छु ।’

अर्यालले डायलासिस सामान्य प्रक्रिया रहेको बताए । ‘डायलासिस गम्भीर किसिमको उपचार पद्धति होइन, केही मेडिकल किटहरूको सहायताले रगतमा रहेका बिकार हटाउने पद्धति हो,’ अर्यालले भने, ‘डायलासिसपछि उहाँ स्वस्थ देखिनुभएको छ ।’

जनचासो रहेको प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा अस्पताल, ओलीको मेडिकल टीम र सचिवालयबाट कुनै सूचना दिइएको छैन । 

बुधवार साँझ अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले हस्ताक्षर गर्दै एक विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण बिहीवारसम्म सकिने र त्यसपछि डिस्चार्ज हुने उल्लेख थियो । 

गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरोसिस’ गरिएको थियो । शरीरमा एन्टिबडीको मात्रा बढेपछि त्यसलाई कम गर्न ओलीको प्लाज्मा फेरोसिस गरिएको हो । फेरोसिस गरेपछि २ महिनासम्म ओलीलाई मृगौलासम्बन्धी समस्या देखिएको थिएन । 

तर बुधवार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि ओली बुधवार ग्राण्डी अस्पताल पुगेका हुन् । एकपटक डायलासिस गर्न ३ देखि ५ घण्टासम्म लाग्छ । स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीलाई बुधवार अपराह्न ३ बजेतिर डायलासिस गरिएको थियो । यो प्रक्रिया हप्तामा ३ पटकसम्म दोहोर्‍याउनुपर्छ । 

दोस्रो पटकको डायलासिस बिहीवार हुने र तेस्रो पटकको डायलासिस केही दिनको अन्तरालमा गर्ने अस्पतालको तयारी रहेको अस्पताल स्रोतले जनाएको छ । ‘कम्प्लिट रिजल्ट आउन तिनै पटक डायलासिस गर्नुपर्छ,’ अस्पताल स्रोतले भन्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x