अस्ट्रेलियाली खेलाडी म्याक्सवेलद्वारा क्रिकेटबाट बिदा

कात्तिक १४, २०७६

सिड्नी– अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट बिदा लिएको घोषणा गरेका छन् ।

क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी-२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फर्म्याट खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले यस शृङ्खलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएका थिए । 


ADVERTISEMENT

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टि गरेका छन् । उनले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट बिदा लिन चाहेको बताएका छन् । 

ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनको घरेलु टीम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ । 

Photo : Herald sun 

कात्तिक १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस