मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
काठमाडौं – सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न नेपाली सेना सफल भएको छ ।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा चीनको उहानमा आयोजित उक्त प्रतियोगितामा पदक प्राप्त गर्ने सूचीमा नपरे पनि कयौँ विधामा विभिन्न मुलुकलाई पछि पार्दै सेनाले प्रतिस्पर्धाका लागि आफू सक्षम रहेको पुष्टयाई गरेको छ ।
नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्छन्, 'यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न सफल रह्यौ । विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।'
नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता खेलमा पराजित गरेको थियो ।
विश्वका १०९ मुुलुकका नौ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा दुई प्रदर्शनीसहित २७ खेल विधा समावेश गरिएको थियो । आयोजक राष्ट्र चीन, रसिया र ब्राजिलले प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा पदक जित्ने ६६ मध्ये ३३ राष्ट्रले स्वर्ण पदक जित्न सफल भए ।
पहिलो पटक सहभागी भएको नेपालले १३ विधामा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा तुलसा खत्रीले ट्राक एण्ड फिल्डअन्तर्गतको ४०० मिटरको दौड ५९।५७ सेकेन्डमा पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुभयो भने सोही विधाको ८०० मिटर दौडमा सोमबहादुर कुमालले अन्तिम चरणमा प्रवेश गर्ने अवसर प्राप्त गरे। छोटो समयको तालीम लिएर उक्त प्रतियोगितामा भाग लिन ४० जना खेलाडी उहान पुगेका थिए । प्रशिक्षकलाई समेत खेलक्षेत्रका नवीनतम ज्ञान पर्याप्त थिएन ।
महासेनानी रायमाझी भन्छन्, 'अन्तर्राष्ट्रिय खेलजगतमा हामीले हाम्रो क्षमता देखेका थिएनौँ, छनोट गरेर ल्याएका केही खेलाडीबाट राम्रो प्रदर्शन पनि भयो, हामीले कल्पनासम्म नगरेका खेल मैदान देख्न र त्यसमा खेल्न पायाैं ।'
तीस जना सहभागी रहेको बक्सिङको ४९ केजी तौल समूहमा तेजबहादुर देउवा पाँचौँ भए भने महिलातर्फ ६० केजी समूहमा पुनम रावले पनि पाँचौँ स्थान हासिल गरिन्। नेपाली खेलाडी प्रतिस्पर्धामा अब्बल देखिए पनि कतिपय खेल विधामा अङ्क प्राप्त गर्ने नवीनतम विधिबारे अनविज्ञ भएका कारण नतिजा हासिल चुनौती खडा भएको प्रतिक्रिया प्राप्त भएको थियो ।
ब्याडमिन्टनतर्फ ३२ जना सहभागी रहेको प्रतिस्पर्धामा रञ्जीत तामाङ र अनुमाया राईले पाँचौँ स्थानमै सीमित हुनु पर्यो भने ६२ केजी तौल समूहमा भएको कुस्तीमा सुशीला चन्द पाँचौँ भइन्। पदकका लागि नेपालले निकै आशा गरेको २० राष्ट्रको सहभागी रहेको तेक्वान्दो ८० केजी तौल समूहमा रामदत्त भट्ट र २७ जना सहभागी रहेको ६३ केजी तौल समूहमा ज्ञानेन्द्र हमाल दुवैले सातौँ स्थानमै चित्त बुझाउनु पर्यो ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख रायमाझी भन्छन्, 'नेपालले सातौँ सिजम्स् वल्र्ड मिलिटरी गेम्सबाट उत्कृष्ट अनुभव बटुलेको छ, निकट भविष्यमा हुने साफ र अन्य खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शनी गर्न सक्छन् भन्ने आशा छ ।'
प्रतियोगितमा सहभागी हुने क्रममा प्रतिनिधिमण्डलस्तर र खेलाडीबीचको भेटघाटमा भएका अनुभव आदानप्रदानले सैनिक कुटनीति विस्तारमा समेत योगदान पुगेको छ ।
उहानमा देउसी भैलो
प्रतियोगिताको समापनपछि नेपाली टोलीले त्यहाँस्थित एथलेक्टिस भिलेजमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने उद्देश्यले देउसी– भैलो गर्नुका साथै नेपालसम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रम र प्रचारप्रसार सामग्री वितरणसमेत गरेको थियो ।
उहान स्पोर्टस् सेन्टरमा यो शताब्दीकै गौरव गर्न लायक भव्य अनि रोचक कार्यक्रम गरी आयोजक राष्ट्र चीनले प्रतियोगिता समापन भएको घोषणा गरेको थियो । सैनिक गौरव ः विश्व शान्ति मूल नारा रहेको राष्ट्रपति सी चिनफिङले ९अक्टोबर १८० मा उद्घाटन गरेकाे समारोह निकै भव्य, सभ्य र आकर्षित तुल्याइएको थियो । चीनको आतिथ्य र व्यवस्थापनको सर्वत्र प्रशंसै–प्रशंसा भएको थियो ।
खेलकूदका माध्यमबाट भाइचारा, शान्ति र विकासको सन्देशसहित सबै प्रतियोगता उहान नगरमै आयोजना भएका थिए । उहानको ३५ स्थानमा विभिन्न खेल विधाका ३२९ वटा प्रतिस्पर्धा आयोजना गरिएको थियो । नारायण न्यौपाने,रासस
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...