गुल्मीमा हत्या गरिएको अवस्थामा महिला र २ बच्चाको शव फेला

प्रतिकात्मक तस्वीर
कात्तिक १६, २०७६

बुटवल – गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा बेवारिसे अवस्थामा ३ जनाको शव फेला परेको छ ।

शनिवार अन्दाजी २७ वर्षीया महिलाको र अन्दाजी ७ र ८ वर्षका २ जना बालकको विभत्स हत्या गरी फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले पुष्टि गरे । 


ADVERTISEMENT

उनीहरू कहाँका हुन भन्ने खुल्न सकेको छैन । मृतकको तिहार अगाडि नै हत्या गरिएको आशंका गरिएको छ । घटनास्थल बाग्लुङ र गुल्मीको सिमानामा पर्छ । 

बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान गर्ने प्रयास र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम तम्घास ल्याइँदैछ ।

कात्तिक १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस