सुपरहिरो बनी शहर बचाउँदै सनी लियोनी, भाइरल भयो भिडियो

कात्तिक १८, २०७६

काठमाडौं – बलिउड अभिनेत्री सनी लियोनी आफ्नो कामलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छिन् ।

उनले अहिले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेर चर्चामा आएकी छिन् । इन्स्टाग्राममा शेयर गरिएको यो भिडियोमा उनले एक सुपरहीरोको भूमिकामा देखिएकी छिन् ।


ADVERTISEMENT

यस सुपरहीरोकोको भूमिकालाई कोर नाम दिइएको छ । भिडियोमा सनीले उड्ने कार चलाएकी छिन् भने अन्य सुपर ग्याजेटको समेत प्रयोग गरेकी छिन् । 

सनीले सुपरहीरोको कन्सेप्ट आफू र डेनियल मिली लामो समयसम्म सोचिएको बताएकी छिन् । निकै लामो समयको योजनापछि मात्रै सुपरहीरो कोरको जन्म भएको भन्दै उनले यसले सबै समस्यालाई हल गर्न सक्ने बताइन् । 

सनीले केही वर्ष पहिलेदेखि नै सुपरहीरो फिल्ममा काम गर्ने इच्छा भएको बताएकी थिइन् । उनले भनेजस्तै अहिले उनले सुपरहीरो फिल्ममा काम गर्ने अवसर पाएकी छिन् । 

 


 

कात्तिक १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस