कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार–२०७६ साहित्यकार इन्द्र रेग्मीलाई प्रदान गरिने

कात्तिक १९, २०७६

काठमाडौं - कविडाँडा साहित्य समाजद्वारा सक्रिय बरिष्ठ साहित्यकारलाई प्रत्येक वर्ष प्रदान गरिने कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार–२०७६ साहित्यकार इन्द्र रेग्मीलाई प्रदान गर्ने निर्णय भएको छ । 

त्यसैगरि कथा प्रतियोगिता २०७६ मा उत्कृष्ट ११ को सूची पनि सार्वजनिक गरिएको छ ।  कथाक्रम वर्णानाक्रमअनुसार सार्वजनिक गरिएको हो । 


ADVERTISEMENT

१. इन्द्रबहादुर भण्डारी  ’इन्द्रेणी’ (बाँके) — जमिल खाँको मिसन प्रस्ताव 
२. गायत्रीकुमार चापागाईं (मोरङ) — आरोहणको ब्यथा   
३.  चरित्रा शाह भण्डारी (बाँके) — सम्बन्ध 
४. टङ्कबहादुर आलेमगर  (उदयपुर) — फेशबुके बाजे  
५. मन्दिरा मधुश्री (काठमाडौँ) — कुमारी कोख
६. मुना चौधरी (बाँके)  — समध
७. पुण्यप्रसाद खरेल (झापा) —  घोडा
८. राजेश विद्रोही (सप्तरी) —  भोज 
९. सिर्जन अविरल (चितवन ) — मोड 
१०. हरि प्रसाद अधिकारी (भोजपुर) — चारमन दाउरा 
११. हिरा लामा (चितवन) — बाजे

यीमध्ये प्रथम, द्वितीय र तृतीयको घोषणा गरिनेछ । 

यसैगरि कविडाँडा साहित्य समाज, चितवनले वर्षका उत्कृष्ट पुस्तकका रुपमा दुई पुस्तकलाई पनि पुरस्कृत गर्ने घोषणा गरेको छ । 

पुस्तकहरु यस प्रकारका छन् :

कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७५— भूपिनको उपन्यास मैदारो, 
कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७५— महेश थापाको कथा सङ्ग्रह मरिचिका ।


यी सबै श्रष्टा तथा कृतिहरुलाई मंसीर ७ गते चितवनको सौराहामा पुरस्कृत एवं सम्मान गरिनेछ । 

कात्तिक १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार