इरानमा भूकम्प गएपछि ५ जनाको मृत्यु

कात्तिक २२, २०७६

काठमाडौं – इरानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रवार बिहानै ५.८ म्याग्निच्युडको भूकम्प गएपछि कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने १२० जना घाइते भएको इरानको सरकारी टेलिभिजन प्रेस टीभीले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु हाशत्रुद शहरबाट ५७ किलोमिटर पर छ । भूकम्प शुक्रवार बिहान २ः१७ मा गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्प १० किलोमिटरमुनिबाट शुरू भएको हो । 


ADVERTISEMENT

भूकम्पका कारण उक्त क्षेत्रका तीन साना गाउँहरू क्षतिग्रस्त भएका छन् । आपतकालीन टोलीहरू उद्धारमा खटिएको र रेडक्रसका टोलीहरू पनि पठाइएको फार्स समाचार संस्थाले जनायो । 

इरान अरबी र युरेसियाली प्लेटबीचको फल्टलाइनमा पर्ने भएकाले त्यहाँ भूकम्पहरू आइरहन्छन् ।

पोहोर साल आएको भूकम्पमा कम्तीमा ३६१ जनाको मृत्यु भएको थियो ।

सीएनएनबाट
 

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार