कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
कात्तिक २३, २०७६
काठमाडौं – टुडिखेल अतिक्रमण भएको भन्दै सामाजिक अभियन्ताहरूले टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेका छन् । टुडिखेल खुला गर्नका लागि 'अकुपाई टुँडिखेल' नामक अभियान शनिवार सम्पन्न गरिएको हो ।
अभियानमा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराई, हिसिला यमी, नेपाली कांग्रेसका नेता गगन थापा, पत्रकार ऋषी धमला, सञ्चारकर्मी रवि लामीछाने लगायत अन्य सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिती रहेको थियो । त्यहाँ उपस्थित सबैले टुडिखेल खुला गरका साथसाथै ब्याक अफ इन्डियालगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।
अकुपाई टुँडीखेल अभियानमा शनिवार खुलामञ्चबाट रत्नपार्कसम्म मानव साङ्लोबनाएर प्रदर्शन गरिएको थियो ।
सो समारोहमा बोल्दै कुनै पनि शहरमा आधा भन्दा बढी खुला स्थान हुनुपर्ने बताउँदै टुँडीखेललाई पुनः खुला गराउनुपर्ने बताए ।
नेता थापाले नागरिक अभियान अहिले जागरुक भएर आएको बताउँदै टुँडिखेललाई खुला गराउने अभियानमा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
गायक योगेश्वर अमात्यले टुँडीखेल पहिलेको जस्तो नदेख्दा आफू अचम्ममा परेको बताए । पहिलाको खुला टुँडीखेललाई अहिले सिमित स्वार्थमा अतिक्रमण गरिएको बताए । उनले टुँडिखेललाई पुन: खाली गराउन माग राखे ।
'देशका ठूलाठूला नेताहरू यहि खुलामञ्चमा भाषण गरेर उच्च पदमा पुगेका छन्, तर तिनैले टुँडिखेलको जतन नगर्दा दुख लाग्छ,' उनले भने ।
यस्तै, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुप्रभा खड्गीले टुडिखेल खाली गराउन आफूले महानगरको बैठकमा निरन्तर छलफल चलाउने गरेको बताइन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...