अयोध्याको विवादास्पद जमिन हिन्दू पक्षलाई, मस्जिद बनाउन वैकल्पिक स्थान दिइने

कात्तिक २३, २०७६

काठमाडौं –अयोध्याको विवादास्पद जमिन राम मन्दिरका पक्षधर राम ललाले पाउने भएका छन् । शनिवार  भारतको सर्वोच्च अदालतले  उनको पक्षमा फैसला गरेको छ ।

विवादास्पद जमिनमा अब राम मन्दिर बन्ने भएको छ ।


ADVERTISEMENT

राम मन्दिर–बाबरी मस्जिद विवादबारेको मुद्दामा फैसला सुनाउँदै मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिइने सर्वोच्चले उल्लेख गरेको छ । मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले अयोध्याका सम्बन्धमा कार्यायोजना बनाउनका लागि तीन महिनाको समय केन्द्र सरकारलाई दिएको छ। सो ट्रस्टमा निर्मोही अखाडा रहने या नरहने भन्ने तय गर्ने अधिकार सर्वोच्चले सरकारलाई दिएको छ ।

फैसला सुनाउदै प्रधानन्यायाधीश रञ्जन गोगोईले बाबरी मस्जिद खाली जमिन नबनेको बताएका छन्।

पुरातत्व वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनलाई नकार्न नसकिने बताउँदै न्यायाधीश गोगोईले बाबरी मस्जिदको तल पाइएको संरचना मुलतः इस्लामिक थिएन । अयोध्या मुद्दाको फैसला सर्वसम्मत्तिमा गरिएको गोगोईले बताएका छन् । एजेन्सी

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस