दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

कात्तिक २३, २०७६

राँझा – बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ ।

मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।


ADVERTISEMENT

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा५८प २१८६ नम्बरको मोटरसाइकल बिहीवार राति बा१९च १२१४ नम्बरको कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित २ जना घाइते भएका थिए । 

मोटरसाइकलको पछाडि सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । कोहलपुरदेखि शम्शेरगञ्जतर्फ जाँदै गरेको अटोरिक्सालाई शुक्रवार राति ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालक गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमका अनुसार ट्रकको ठक्करबाट राप्तीसोनारी–८ की धनसरा बुढा घाइते भएका छन् । घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार