कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तम्घास – गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । न त उनलाई घरबाट निस्कन मन लाग्छ, न त घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै ।
कारण हो २ हप्ताअघि घरनजिकै ३ जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु ।
चन्द्रकोट–२ स्थित हर्राचौरको जंगलमा कात्तिक १६ गते शनिवार बिहान ३ वटा शव भेटिएका थिए । जसमध्ये १ जना महिला र २ बालबालिका रहेका छन् ।
अन्दाजी २७ वर्षीया महिला, ११ र ७ वर्षीया बालिकाको शव जंगलमा भेटिएको थियो । महिला र १ बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो । तर हालसम्म न त शवको पहिचान हुन सकेको छ, न त हत्यारा नै पत्ता लागेको छ ।
शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको खर्र्यान पर्छ । जहाँ उनी दैनिकरुपमा घाँस, दाउराका लागि जानुपर्छ । तर घटना थाहा पाएपछि भने उनी खर्र्यानमा जान सकेका छैनन् ।
घरमा वृद्ध बुढाबुढी मात्रै बस्ने उनको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेका छ । ‘घरमा बुढाबुढी मात्रै छौं, कतैबाट आएर मार्छन् कि भन्ने डर लाग्छ,’ उनले भने, ‘घरबाट निस्कन पनि डर लाग्छ, तर काम नगरे खर्च चल्दैन ।’ यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन । पातलो बस्ती भएको र प्रहरीचौकी पनि नजिकमा नभएकाले आफूहरूलाई झन् त्रसित बनाएको उनले बताए ।
सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ । ‘घटनापछि सिंगो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो,’ उनले भने, ‘छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनुपर्यो ।’ त्यसका साथै उनले महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन् बढी त्रास रहेको बताए ।
स्थानीय युवा किरण हमालले २ हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए । अधिकांश घटना गुमनाम बनाइने भन्दै उनले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गरे ।
‘गाउँ त्रासमा छ, न त शवको पहिचान भएको छ र न त हत्यारा नै पत्ता लाग्न सकेको छ,’ उनले भने, ‘यसम्बन्धमा भएको अनुसन्धानबारे पनि हामी अनविज्ञ छौं ।’ हमालले यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप लगाए ।
शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन । झाडी र अप्यारो भिर मात्र । तर शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् ।
गुल्मी र बाग्लुङका प्रहरीको सहकार्य जरुरी
शव भेटिएको स्थान गुल्मी र बागलुङको सिमाना नजिकमा पर्छ । शव भेटिएको स्थानबाट करीब आधा घण्टाको पैदलयात्रापछि बागलुङको गलकोट नगरपालिकामा पुगिन्छ ।
त्यहाँ अत्यधिक मात्रामा लागूऔषधको खेती हुने गर्दछ । उक्त ठाँउबाट शव भेटिएको स्थान हुँदै गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर र विश्वुखर्कतर्फ जाने सडक छ ।
जंगलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ । यसरी २ जिल्लाको सिमानामै शव फेला परेकोले विशेष गरी गुल्मी र बागलुङका प्रहरीको सहकार्य हुनुपर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव टोपलाल अर्यालले बताए । ‘यस घटनामा गुल्मी प्रहरीको मात्रै आशा गरेर हुँदैन, किनकि घटना सिमानामा घटेको छ,’ उनले भने, ‘स्थानीयसँगको समन्वयमा दुवै जिल्लाका प्रहरीले अनुसन्धान गर्नु आवश्यक छ ।’
शव पहिचानमा केन्द्रित छौं : प्रहरी
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया बताए । २ हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको बताए । उनले बागलुङको गलकोट, बूर्तिवाङ, पाल्पाको प्रहरी लगायतका प्रहरी कार्यालयसँग सम्पर्क भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले गुल्मी र बागलुङका प्रत्येक गाउँपालिका, वडा कार्यालय, विभिन्न विद्यालय लगायतका संघसंस्था तथा समुदायसँग समन्वय गरिरहेको जानकारी दिए । उनीहरूले लगाएको कपडा हेर्दा बागलुङ पश्चिम, रुकुम पूर्व वा ढोरपाटन क्षेत्रको हुनसक्ने अनुमान गरिएको बताए । शवको पहिचान र हत्यारा पत्ता नलागुञ्जेलसम्म आफूहरूको अनुसन्धान जारी रहने उनले बताए ।
यसरी रहस्यमय बन्दै घटना
यसम्बन्धमा गुल्मी प्रहरीले हुलिया तयार पारी कसैका परिवारका सदस्य भए प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । गुल्मीको साथसाथै बागलुङलगायत विभिन्न जिल्लाका प्रहरी कार्यालयमार्फत आग्रह गरेपनि अहिलेसम्म कसैले कतै पनि आफन्त हराएको सूचना प्रहरी कार्यालयमा दर्ता गराएका छैनन् ।
जसले गर्दा मृत भेटिएका महिला र बालिकाको पहिचानमा समस्या हुनुका साथै घटना पनि रहस्यमय बन्दै गएको छ । गुल्मी, पाल्पा, स्याङ्जालगातका छिमेकी जिल्ला कही पनि सो हुलिया मेल खानेगरी उजुरी परेको छैन ।
शव नजिकै घन फेला
प्रहरीको प्रारम्भिक अनुसन्धानले शव हत्या गरेर फालिएको देखाएको छ । महिलाको मुहारदेखि टाउकोसम्म गम्भीर चोट लागेको थियो । शव पनि सडकभन्दा ४ मिटर तल झाडिमा भेटिएको थियो । नजिकैमा कुनै बस्ती नभएको र छाडी भएकाले हत्या केही दिन पहिले नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले एक बालिकाको शव नजिकै एउटा ह्यामर पनि फेला पारेको थियो । ह्यामरलाई गाउँघरको भाषामा घन भनिन्छ । यो ढुंगा फुटाउने काममा प्रयोग हुन्छ । १२ वर्षीया बालिकाको शव नजिकै रगत पनि देखिएको थियो । ३ वटा शव फेला पर्नु, शव नजिकै रगत देखिनु, ह्यामर अर्थात् घन फेला पर्नु, महिलाको अनुहारदेखि टाउकोसम्म चोट लाग्नुजस्ता कारणले हत्या नै भएको हुनसक्ने गुल्मी प्रहरीका सूचना अधिकारी घलेले जानकारी दिए ।
पाल्पा जिल्ला अस्पतालमा शव
३ वटै शवलाई प्रहरीले पाल्पा जिल्ला अस्पतालमा राखेको छ । गुल्मी जिल्ला अस्पतालमा शवको परीक्षण गरी सुरक्षित राख्नका लागि पाल्पा जिल्ला अस्पतालमा पठाएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरी र अस्पतालको समन्वयमा केही दिनपछि शव जलाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ । – हुमाकान्त पोखरेल/रासस
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...