कांग्रेसले गर्‍यो उपनिर्वाचन लक्षित पहिलो चरणको कार्यक्रम सार्वजनिक

कात्तिक २३, २०७६

पोखरा – नेपाली कांग्रेस कास्कीले मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतवार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने निर्वाचन मूल प्रचार समितिका सभापति एवम् जिल्ला पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।


ADVERTISEMENT

सबै वडाका चुनाव प्रचारप्रसार समितिका कार्यालय बिहान ८ बजे एकै समयमा उद्घाटन गरिने कार्यक्रम छ ।

उनका अनुसार आइतवारबाटै पोखरा महानगरपालिका–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरू गर्ने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत पहिलो दिन वडा नम्बर ४ का साथै पोखरा महानगरपालिका–८ र ९ मा घरदैलो अभियान सञ्चालन हुनेछन् ।

कात्तिक २५ गते पोखरा महानगरपालिका–७ मा, २६ र २७ गते वडा नम्बर १७ मा घरदैलो कार्यक्रम सञ्चालन हुने भएको केसीले जानकारी दिए । अन्य कार्यक्रम थप छलफल गरी तय गरिने पार्टीले जनाएको छ ।

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस