कालापानी हाम्रो हो - देउवा

फाइल फोटो
कात्तिक २३, २०७६

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी नेपालको भूमि रहेको र यसका लागि भारतसँग कूटनैतिक र राजनीतिक पहल गर्नुपर्ने बताएका छन् l

शनिवार सामाजिक संजालमा ट्वीट गर्दै देउवाले कालापानी पश्चिमको नदी महाकाली नदी भएको बताएका हुन् l


ADVERTISEMENT

‘भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो,’ ट्वीटमा देउवाले उल्लेख गरेका छन्, ‘कालापानी पश्चिमको नदि महाकाली नदी हो । सो पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ l’

देउवाले यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण साथ रहने बताएका छन् l

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस