मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
पोखरा– कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार सार्वजनिक भएपछि चुनावी प्रचार प्रसारले तीव्रता लिएको हो ।
आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका उम्मेदवारहरू मतदातालाई आकर्षित पार्नका लागि घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ ।
उम्मेदवारहरू घरघरमा पुगेर मतदाताबीच आफू सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुखदुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् ।
प्रायः सबै उम्मेदवारले पोखराको पर्यटकीय क्षेत्रका रूपमा अन्तर्राष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्वासी, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गर्दै मत माग्ने कार्यमा जुटेको देखिन्छन् ।
निर्वाचनमा सहभागी भएका राजनीतिक दलका कार्यकर्ताहरू चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनाका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटेका छन् ।
स्वतन्त्र पक्षका उम्मेदवारका कार्यकर्ता पनि आफ्ना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारमा जुटेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति गठन गरेका छन् । स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचारप्रसारका लागि समिति गठन गरेका हुन् ।
कास्की क्षेत्र नं २ मा १० स्वतन्त्रसहित २१ जना चुनावी मैदानमा छन् । सोमध्ये चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई र राप्रपा संयुक्तबाट गङ्गा मल्ल छन् भने स्वतन्त्र रूपमा लक्ष्मीकुमारी भुजेल र जमुना शर्मा उम्मेदवार रहेका छन् ।
उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका कांग्रेसका ७४ वर्षीय खेमराज पौडेल र कान्छो उम्मेदवारका रूपमा २६ वर्षीय सुनील भुसाल छन् । भुसाल स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी भएका हुन् ।
कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा मिलाएर बनेको सो निर्वाचन क्षेत्रअन्तर्गत–४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ वडा पर्दछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...