×

NMB BANK
NIC ASIA

महाराष्ट्रमा भाजपा र शिवसेनाको बाटो अलग्गियो, कसलाई फाइदा ?

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको महाराष्ट्रमा शिवसेना र भारतीय जनता पार्टीबीच मुख्यमन्त्री पदको लागि विवाद चर्किएपछि ब्रेकअप भएको छ । 

Muktinath Bank

यिनीहरूबीच ३० वर्षदेखिको गठबन्धन तोडिएको छ । भाजपाको सरकार बनाउन सहयोग नगर्ने निर्णय लिँदै शिवसेना आफैं सत्ताको समीकरण बनाइरहेको छ । शिवुेना प्रमुख उद्धव ठाकरेले कांग्रेस र एनसीपीसँग मिलेर सरकार बनाउने प्रयास थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपाले महाराष्ट्रमा सत्ता चलाउने बाटो बन्द भएको देखिएको छ । तर अहिलेको घटनाक्रमले भविष्यमा भाजपालाई फाइदा पनि गराउन सक्ने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

महाराष्ट्रमा १५ दिनअघि विधानसभा चुनावको परिणाम सार्वजनिक भएपछि भाजपा र शिवसेना मिलेर बहुमत ल्याएका थिए । तर मुख्यमन्त्री पदमा शिवसेना अडिएपछि भाजपाले सरकार नबनाउने निर्णय लियो र शिवसेनालाई सरकार गठनको मौका दियो । 

Vianet communication
Laxmi Bank

शिवसेनाले कांग्रेस र एनसीपीसँग मिलेर सरकार बनाउन लागेको भए पनि सरकार लामो समय टिक्न गाह्रो देखिन्छ किनकि विचारधाराको स्तरमा यिनीहरू घोर विरोधी हुन् । 

केन्द्रमा नरेन्द्र मोदी सत्तामा आएपछि भाजपाको ग्राफ भारतमा बढेको छ । धेरै राज्यमा भाजपाले आफ्नै बलबुतामा सरकार बनाएको छ । उत्तर प्रदेशपछि महाराष्ट्र भारतको ठूलो राज्य हो र भाजपा यसलाई गुमाउन चाहँदैन । सन् २०१४ अघिसम्म महाराष्ट्रमा शिवसेना दाइ र भाजपा भाइको भूमिकामा थिए । त्यसै वर्षको विधानसभा चुनावमा भाजपा बलियो भएर सरकार बनायो र आफ्नो शक्ति चिन्न थाल्यो ।

महाराष्ट्रमा शिवसेना उग्र हिन्दूत्व, मुसलमानविरोध र पाकिस्तानमाथिको आक्रामक विचारधाराका अघि बढिरहेको छ । तर भाजपा उसभन्दा उग्र दृष्टिकोण लिएर नरेन्द्र मोदी तथा अमित शाह जस्ता नेताहरूलाई अघि लगाएर शिवसेनाका लागि लक्ष्मणरेखा कोर्न सफल छ । महाराष्ट्रमा बालासाहेक ठाकरेको पालाको प्रभाव छैन । त्यसैले सन् २०१९ को विधानसभा चुनावमा भाजपाले १६४ र शिवसेनाले १२४ सीटमा लडेका हुन् । 

भाजपाले महाराष्ट्रको सत्ता एक्लैले चलाउनका लागि शिवसेनालाई पछि पार्नैपर्ने थियो । यस्तो अवस्थामा शिवसेना मुख्यमन्त्रीको कुर्सीका लागि भाजपालाई छोडेर कांग्रेस र एनसीपीसँग मिल्न गइरहेको छ । भाजपालाई शिवसेनाको साथ छोड्ने अवसर अहिले आएर प्राप्त भएको छ यसमा ऊ भित्रभित्रै खुशी छ । 

कांग्रेस र एनसीपीसँग हात मिलाएपछि शिवसेनाले उग्र हिन्दूत्वको राजनीति र मुसलमानविरोधी विचारधारासँग सम्झौता गर्नुपर्ने हुन्छ । महाराष्ट्रमा हिन्दूत्वको प्रतिनिधित्व गर्ने दल अब भाजपा मात्र हुनेछ ।

भाजपाका लागि महाराष्ट्रमा मैदान पूरै खुला हुनेछ । अब भाजपा विरुद्ध अन्य दलको चुनावी लडाईं हुनेछ । भाजपाले मोदी र शाहको नेतृत्वमा एक्लै २८८ सीटमा चुनाव लडेर थप राम्रो परिणाम ल्याउने अपेक्षा गरेको छ । शिवसेनाले चाहिँ कंग्रेस र एनसीपीसँग मिलेर सरकार बनाएर राजनीतिक रणभूमिमा आफूलाई कमजोर बनाएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x