पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
काठमाडौं – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर १ हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरैपछि बजारमा उच्च अंकको वृद्धि भएको हो । सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ ।
नेप्से उकालो लागेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये सोमवार अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.६ विन्दुले घटेको छ । बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बीमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बीमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । बैंकको १३ करोड ९२ लाख १० हजार १९५ रुपैयाँ मूल्यमा शेयर खरीद–बिक्री भई शीर्षस्थानमा रह्यो । प्रभू बैंक ७ करोड ३३ लाख ६८ हजार ३०२ रुपैयाँ, माछापुच्छ्रे बैंक ३ करोड ५९ लाख ३८ हजार ३०७ रुपैयाँ, प्रभू बैंकको संस्थापक शेयर ३ करोड २१ लाख ३३ हजार २४ रुपैयाँ, प्राइम बैंक २ करोड १३ लाख ३ हजार ५८८ रुपैयाँ र नेपाल बैंकको १ करोड ७६ लाख ६३ हजार ५३० रुपैयाँ मूल्यमा खरीद–बिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयर धनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका शेयरधनीले ७.५८ प्रतिशतले कमाए ।
एनआईबीएल समृद्धि फन्ड ५.७७, खानीखोला जलविद्युत् कम्पनी ३.५७, सिटी एक्सप्रेस फाइनान्स १.९६, हिमालयन ऊर्जा विकास कम्पनी १.९४ र मेगा बैंकको संस्थापक शेयरका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...