कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
विराटनगर –प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएका तथा आफैँ उम्रिएका गाँजाका बोटलाई प्रहरीले फडानी गरी नष्ट गर्ने कार्य सोमबारदेखि शुरू गरेको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशअन्तर्गतको धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलामका विभिन्न स्थानमा अवैधरूपमा लगाइएको तथा प्राकृतिकरूपमा आफैं उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि, साँगुरीगढी र आँखिसल्लालगायतका क्षेत्रमा २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अवैध तथा आफैं उम्रिएका एक लाख ५० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।
यस्तै खोटाङ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका वडा नं १ र २ का डिकुवा, दाम्ली र बाँहुनीडाँंडालगायतका क्षेत्रमा लगाइएका पाँच हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा ३२ रोपनी जग्गामा लगाइएको १२ हजार ५०० बोट गाँजा फडानी गरी नष्ट गरेको छ भने उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा ४० रोपनी जग्गामा लगाइएका २५ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।
सुनसरी देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका वडा नं ६ मा लगाइएका करीब ३०० गाँजाका बोट फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर इलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ ।
प्रदेशका विभिन्न जिल्लामा अवैधरूपमा गाँजाखेती गरेको पाइएकाले प्रदेश प्रहरी कार्यालयले विशेष रणनीतिअनुरुप कार्ययोजना बनाई विशेष अभियान नै सञ्चालन गरी गाँजा फडानी गर्ने कार्य गरेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयले गाँजाका बोट ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरी फडानी गर्ने कार्य गर्दै आइरहेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...