मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
काठमाडौं – नेकपाले पार्टी एकताको करिब १८ महिनापछि संगठनात्मक संरचना एकीकरणको मुख्य काम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय आयोगहरू, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व तोकेसँगै पोलिटव्युरो गठनबाहेकको एकीकरण सकिएको हो ।
केन्द्रीय समितिको एक तिहाइ संख्या पोलिटब्युरोमा रहने विधानमा व्यवस्था छ । केन्द्रीय समिति यसअघि नै गठन भइसकेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा एकीकरण भए पनि आन्तरिक विवादका कारण सांगठनिक संरचनाहरू गठन हुन सकेका थिएनन् ।
बालुवाटारमा सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा, सचिवमा अशोक रोकाया, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मेवारी दिएको छ । त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल, सचिव नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रदेश इन्चार्ज र जनवर्गीय संगठन इन्चार्जको नेतृत्व टुंग्याउँदा असहमति राखेका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको पछिल्लो निर्णयमा भने सहमति जनाएका छन् । संगठनात्मक संरचनामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच माथिल्लोदेखि तल्लो तहसम्मै भागबन्डा भएको छ । विभिन्न कमिटीमा फरक–फरक मापदण्डबाट एकता गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...