×

NMB BANK
NIC ASIA

पाठेघर खस्ने समस्या भएका ११ महिलाको निःशुल्क शल्यक्रिया

कात्तिक २६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

खोटाङ – वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा जिल्लाका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौंमा निःशुल्क शल्यक्रिया गरिएको छ । 

Muktinath Bank

लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका ३ स्थानीय तहका ११ महिलालाई काठमाडौंस्थित मोडेल अस्पताल पुर्‍याएर निःशुल्क शल्यक्रिया गराइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा महिला प्रजनन् अधिकारसम्बन्धी काम गर्दै आएको संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका ८ महिलाको शल्यक्रिया गराएको छ । रावाबेंसी गाउँपालिकाका २ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ महिलालाई काठमाडौं जान/आउन तथा खान/बस्नको व्यवस्था मिलाइदिएको हो ।


Advertisment
Nabil box
Kumari

उनीहरूका साथमा १/१ जना कुरुवासमेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताए ।

Vianet communication
Laxmi Bank

‘जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौं पठाइएको थियो,’ उनले भने, ‘अहिले उनीहरू एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।’ 

काठमाडौंमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एसोसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

संयोजक श्रेष्ठका अनुसार रावाबेंसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत छन् ।

उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिए । केडको कार्यक्रम रावाबेंसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x