×

NMB BANK
NIC ASIA

शिक्षकलाई तलब खुवाउन महायज्ञ आयोजना

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मी – जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ ।

Muktinath Bank

विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयमा कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

महायज्ञ कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए । माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल १ जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि ४ जनाको मात्रै दरबन्दी छ ।

Vianet communication
Laxmi Bank

विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिकस्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।

‘धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौं तर उपलब्ध भएन,’ प्रध्यानाध्यापक बोहोराले भने, ‘माविलाई दिगो समयसम्म सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।’

विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्ने भनिएतापनि त्यसको भने केही निश्चिचता नभएको उनले बताए । महायज्ञमा संकलन र बचत हुने रकमका आधारमा उच्च शिक्षाको निर्णय लिइने उनले बताए ।

नगद पण्डितलाई, बाँकी आयोजकलाई

जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकांशं विद्यालयद्वारा आयोजना गरिएका छन् । केही महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केही पण्डित आफैं आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् । यस्ता धार्मिक महायज्ञमा पण्डितले उठेको रकम जति आफूले लैजाने र बाँकी बोलकबोल रकम आयोजक संस्थालाई छाड्ने गरेको पाइएको छ ।

अधिकांश ठाउँमा विद्यालय र पण्डितको समूहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले सञ्चालन गरिरहेका छन् । अहिलेसम्म उनले लैजाने रकमको सुनिश्चितता भएको छैन तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइने छ । 

स्थानीयको रकम बाहिरिँदै 

विभिन्न ठाउँमा सञ्चालन गरिने धार्मिक महायज्ञमा अधिकांश रकम बाहिर जाने गरेको छ । स्थानीयले विद्यालयको भलाइका लागि भनेर दिएको रकम पण्डित, प्रचारप्रसार र अतिथि सत्कारलगायतका विभिन्न कार्यमा प्रयोग हुन्छ । त्यसले गर्दा महायज्ञबाट संकलित रकम विद्यालयमा प्रयोग हुन पाउँदैन ।

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले धार्मिक महायज्ञका नाममा व्यापार भइरहेको प्रतिक्रिया दिए । महायज्ञ गर्ने भए पण्डित, कलाकार, महायज्ञमा आवश्यक अन्य सामग्री सबै स्थानीयस्तरकै हुनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x