कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
रौतहट –अफ्ताब आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ । प्रहरीले घटनाको साक्षीका रूपमा प्रस्तुत गरेको घाइतेमध्येका गौरीशंकर राम चमारलाई आलम पक्षले बयान फेर्न दबाब दिएको खुलेको छ ।
भारत सीतामढी बैरगनियाका उनी सोमबार बयान फेरिएको लिखित निवेदनसहित जिल्ला अदालत पुगेका थिए । अदालतभित्र चलिरहेको थुनछेक बहस प्रभावित पार्न खटाइएका चमार अदालत परिसरमै पक्राउ परेपछि तथ्य बाहिरिएको छ ।
यसअघि आफू राजपुर बम विस्फोटमा घाइते भएको र भारत गएर उपचार गरेको भन्दै मुख्य अभियुक्त आलमविरुद्ध किटानी जाहेरी दिएका चमारले सोमबार अदालत बुझाउन लगेको निवेदनमा भने सन् २०११ मा स्टोभ पड्किएर घाइते भएको उल्लेख छ । चमारले यो बयान आलमका मान्छेले नै लेखेर आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको बताएका छन् ।
‘चार दिनअघि बैरगनियास्थित घरमै बसिरहेको थिएँ, केही मान्छेहरू आएर जिपमा हालेर लगे । बन्धक बनाएर केही कागजातमा हस्ताक्षर गर्न लगाए,’ मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै चमारले भने, ‘सोमबार सोही समूहले बैरगनिया पेटल चोकमा ल्याएर छाड्यो । त्यहाँबाट राजपुरका शेख नौसादले मोटरसाइकलमा राखेर आलमको घरमा पुर्याए । दिउँसो १ बजेतिर उनैले अदालतनजिक छाडेर फर्किए ।’
२७ चैत ०६४ को विस्फोटमा चमारको दुवै कान गुमेको छ भने अनुहारको तल्लो भागदेखि छातीसम्म पूर्ण रूपमा जलेको छ । यससअघि २१ कात्तिकमा पनि अर्का साक्षीको बयान परिवर्तन गर्ने प्रयास भएको थियो । विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनलाई ‘पति वैदेशिक रोजगारीमा गएर नफर्किएको’ झुटो निवेदन इजलासमा पेस गर्न लगाइएको थियो । तर, अदालतले निवेदन दर्ता गरेन । जब कि अमना आफैँले ०७४ मै ओसीको मृत्युदर्ता प्रमाणपत्र बनाएर आलमलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएकी थिइन् । नयाँ पत्रिकामा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...