×

NMB BANK
NIC ASIA

बजेटमा भेदभाव गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध वडाध्यक्ष आन्दोलित

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लहान – बजेट विनियोजनमा भेदभाव गरेको भन्दै सिरहा जिल्लास्थित लक्ष्मीपुर पतारी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा स्थानीयले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष तथा स्थानीयले बुधवार गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहलाई ज्ञापनपत्र बुझाउँदै १ साताभित्र सबै वडामा सम्मान ढंगले बजेट विनियोजन नगरिए आन्दोलन उत्रिने चेतावनी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक आस्थाको आधारमा आफूहरूको वडामा न्यून बजेट विनियोजन गरी अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाका अधिकांश योजनामा बढी बजेट छुट्याएको आरोप लगाउँदै वडा नम्बर ६ का वडाध्यक्ष राजेश्वर साह सुडीले गाउँपालिका अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षको वडामा बढी बजेट छुट्याएर आफूहरूको वडामा एकदमै न्यून बजेट मात्र छुट्याएको बताए ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका अध्यक्ष समाजवादी पार्टीको तर्फबाट निर्वाचित भएको र वडा नम्बर ४, ५ र ६ का वडाध्यक्ष नेकपा र कांग्रेसबाट निर्वाचित भएका हुन् । फरक पार्टीबाट निर्वाचित भएकै कारण अध्यक्ष साहले आफूहरूको वडाबाट छनोट भएका योजना काटेर गुप्तरुपमा अर्काे योजना तयार पारेर बहुमतको आडमा आफूहरूमाथि अपमानजनक व्यवहार गरेको वडा नम्बर ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीको गुनासो थियो । 

Vianet communication
Laxmi Bank

‘जनसंख्या र भौगोलिक बनोटको आधारमा बजेट विनियोजन नगरी गाउँपालिकाको अध्यक्षको घर रहेको वडा नम्बर ३ मा विभिन्न योजनामा बढी बजेट विनियोजन गरिएको तर आफूहरूले छनोट गरेका अधिकांश योजनामा बजेट नै विनियोजन गरिएको छैन,’ उनले भने ।

गाउँपालिकाबाट पारित भएका आर्थिक वर्ष ०७४/०७५ र आव ०७५/०७५ का योजनामा आफ्ना नातागोता र पार्टीका कार्यकर्तालाई सहभागी गराएकोे वडा नम्बर ५ का वडाध्यक्ष देवकुमार यादवले आरोप लगाए ।

उनले ती आवमा गाउँपालिकाबाट भएका कतिपय आयोजना समयमै सम्पन्न नगरिएको र कतिपय योजना सम्पन्न नहुँदै भत्किएकाले त्यसमा छानबिन गर्न समेत माग गरे ।

अध्यक्ष साहले आफूले कुनै पनि वडाध्यक्ष वा वडाका जनतासँग विभेद नगरेको जिकिर गर्दै केही वडाध्यक्षले  पुरानै योजनालाई पुनः निरन्तरता दिएकाले त्यसलाई मात्र हटाइएको बताए । ‘कुनै पनि वडालाई विभेद नगरी समानरुपमा बजेट विनियोजना गरिएको तर केही वडाध्यक्षले मन्दिर, सडकलगायत एउटै योजनालाई बर्सेनि पेश गर्दै आएकाले त्यसलाई यस वर्ष हटाइएको मात्र हो ।’

वडाध्यक्षका असन्तुष्टि समेट्न केही दिनभित्रै विशेष गाउँसभा बोलाएर पुनः योजना चयन गरिने अध्यक्ष साहको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x