×

NMB BANK
NIC ASIA

वरिष्ठ उपाध्यक्ष कुँवरद्वारा क्यानको अध्यक्षमा दाबी, यस्ता छन् प्रतिबद्धता

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले २६ बर्षपछि क्यानको केन्द्रिय अध्यक्षमा दाबी गरेका छन् । उम्मेदवारीको आधिकारीक घोषणा गरी कुँवरले अध्यक्षको पद दाबी पेश गरेका हुन् ।

Muktinath Bank

विसं. २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको कुँवर उम्मेदवारी दिनेमध्येका सबैभन्दा पूरानो पदाधिकारी हुन् । हाल बरिष्ठ उपाध्यक्ष भएकोले पनि आफ्नो उम्मेदबारी स्वाभाविक रहेको कुँवरको भनाई छ ।


Advertisment
Nabil box
Kumari

क्यान महासंघको केन्द्रिय अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका नवराज कुँवरले सूचना प्रविधिको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएका छन् । राष्ट्ले अघि सारेको आर्थिक समृद्धिको यात्रालाई पूरा गर्नका लागि पनि प्रविधिको प्रयोग सहयोगी हुने उनको भनाइ छ । राजधानी र प्रदेशमा क्यान फेडेरेशनको बलियो उपस्थिती हुन जरुरी भएको र त्यसले सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

'७७ ओटै जिल्लामा क्यान महासंघका शाखा पुर्‍याई मुलुकमा सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचनाप्रविधि व्यवसायीको छाता संस्थाको रुपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दावेदारी पेश गरेको हुँ,' कुँवरले भने । सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात र निर्यात मा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारीक कर नितिलाई सरकारसंग छलफल गरि समाधान गर्ने पहल गरिने समेत कुँवरको भनाई छ ।

आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने कुँवरले बताएका छन् । नेपालको सबैभन्दा ठूलो सूचनाप्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।

त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचनाप्रविधि (आईटी) र पर्यटन प्रविधि (टीटी)लाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्नेछौं, उनले भने । सूचना प्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने र सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउन पहल गर्ने पनि उनले बताए ।

कुँवरका अनुसार गैरआवासीय नेपाली मार्फत सूचना प्रविधिका कम्पनीमा विदेशी लगानी भित्राउन आवश्यक कदम चालिनेछ र विदेशिएको युवा जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमा स्वदेशमै रोजगारी सृजना हुने वातावरणको खोजि गरिने छ । ‘हामीले नेपाली उद्यमी व्यवसायी तथा सफ्टवेयर कम्पनीलाई सूचना प्रविधि सम्बन्धी अन्र्तराष्ट्रिय मेला तथा प्रदर्शनीमा सहभागिता तथा अवलोकनका लागि सहयोग गर्ने योजना पनि बनाएका छौं,’ उनले भने ।

सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरु यसमा आवद्ध छन् । मुलुकले संघीय संरचना अनुसरण गरे अनुरुप क्यान फेडेरेशनले पनि आफूलाई त्यही स्वरुपमा ढाल्दै लगेको छ ।

राष्ट्रिय सूचनाप्रविधि नीति तथा कार्यक्रममा सरकारलाई परामर्श दिने तथा सहकार्य गर्ने, मुलुकमा यस क्षेत्रका लागि व्यावसायिक वातावरण निर्माणका लागि प्रयासरत रहने, व्यवसायीको हकहीतका लागि निरन्तर काम गर्ने तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहकार्य गर्नेजस्ता कार्यमार्फत क्यानले आफूलाई यस क्षेत्रको सशक्त संस्थाको रुपमा उभ्याउन सफल भएको छ । क्यानलाई त्यसै दिशामा अझ प्रभावकारी ढंगले अगाडि बढाउने आफ्नो योजना रहेको पनि कुँवरले बताए ।

स‌ंस्थागत प्यालनमा कहाँबाट को–को उम्मेदवार ?

कुँवरले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३ औं कार्यसमितिको निर्वाचन हुँदैछ ।

कुँवर आफ्नो समुह बाट संस्थागत साधारण समुहबाट राजन कर्मचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने , संस्थागत आजिवन समुहबाट डा. पवन कुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याल व्यक्तिगत आजिवन समुहबाट प्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी व्यक्तिगत साधारण समुहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेश राज कार्की. वस्तुगत सदस्य समुहबाटनारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा छन् ।

यसैगरी लेखा समितिमा लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य) , भिमसेन गिरी (जिल्ला शाखा) जिल्ला शाखा समुहबाटप्रदेश नं २ः दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ, प्रदेश नं ३ः शेखरनाथ दुलाल र भानु शर्मा गण्डकी प्रदेशः अशोकबाबु राना प्रदेश नं ५ : रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप)कर्णाली प्रदेश: दलबहादुर खड्का र भिम मल्ल सुदुर पश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना उम्मेदवार रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x