×

NMB BANK
NIC ASIA

सुर्खेतमा खुल्यो ६ सयमा फेन्सी सामान पाइने स्टोर, सामान किन्न टोकन लिएरै लाइन !

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको वडा नं. ६ स्थित बुद्धपथमा बिहानै ७ बजेदेखि भेरीगंगा नगरपालिका छिञ्चुकी सीता शाही एक पसलको लाइनमा भेटिइन् । 

Muktinath Bank

उनी ५ दिनअघि मात्रै सञ्चालनमा आएको फेन्सी पसल तेञ्जिन लामु क्लोथिङ स्टोरमा कपडा तथा अन्य सामान किन्न भनेर आएकी रहिछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जाडो याम शुरू भएको र कपडा खरिद गर्नैपर्ने भएको हुँदा यो पसलमा सस्तो र गुणस्तरीय सामान पाइन्छ भन्ने सुनेर अटोरिक्सा रिजर्भ गरेरै बिहान हामी लाइन लाग्न आइपुगेका हौैं,’ टोकन हातमा लिएर लाइन बसेकी सीताले थपिन्, ‘अन्य फेन्सी पसलमा ३२ सयभन्दा माथि मूल्य पर्ने कपडा ६ सयमा पाउने भएका कारण यहाँ आएका हौं ।’


Advertisment
Nabil box
Kumari

पसलमा उनी मात्रै लाइन लागेकी होइनन्, दैनिक रूपमा कम्तिमा दुईदेखि तीनघण्टा ग्राहकको बढी चाप भएका कारण उक्त पसल बन्द गर्नुपर्ने बाध्यता छ ।

Vianet communication
Laxmi Bank

प्रहरीको समेत सहयोग लिनुपर्ने अवस्था सिर्जना भइरहेको छ । न त पसलले कुनै विज्ञापन गरेको छ, न त कतै पोस्टर नै टाँसेको छ । एककान दोकान मैदान हुँदै सस्तो र राम्रो कपडा, घरायसी सामान, कम्बल, ब्लान्केटदेखि लिएर अन्य सबै सामान मात्र ६ सयमै पाउने आफन्तमा प्रचार भएपछि यस्तो अवस्था आएको वीनपा ६ का रमेश रावल बताउँछन् । 

‘सुर्खेतमा यति सस्तो र गुणस्तरीय सामान पहिलोपटक बजारमा खरिद गर्न पाइएकाले ग्राहकको भीड बढेको हो । अहिले त सुर्खेत मात्रै नभएर दैलेखबाटसमेत ग्राहकहरू सामान खरिद गर्न यहाँ आइपुगेका छन् ।

कतिपय फेन्सी पसल गरिरहेकाहरू पनि यही पसलबाट खरिद गरिरहेका छन्,’ उनी भन्छन्, ‘सुर्खेतका अन्य पसलमा पाँच हजारसम्म पर्ने फेन्सी सामान ६ सयमै पाइने गरेका कारण अहिले अन्य फेन्सी पसलहरू सुख्खा जस्तै देखिएका छन् । ग्राहक भने उक्त पसलले आफुहरूको समस्या बुझेर सामान ल्याएको बताउँदै गच्छेअनुसार खरिद गर्दै जाडोयाम कटाउने तरखर गरिरहेका छन् ।’

वीरेन्द्रनगरमा मात्रै कम्तिमा पनि १ हजारभन्दा बढी फेन्सी पसल छन् । ती पसलमा पाइने विभिन्न ब्राण्डका जुत्ता, चप्पल पनि ६ सयमा पाइने भएको सुनेर आफू तीनघण्टा लाइन नै लागेर भएपनि खरिद गर्न सफल भएको तेजबहादुर थापा बताउँछन् ।

‘केही महिना पहिले मैले वीरेन्द्रचोक नजिकैको एक पसलमा २२०० रुपैंया तिरेर खरिद गरेको जुत्ता यहाँ आउँदा ६ सयमा पाइयो,’ उनी भन्छन्, ‘केही पसलले सुर्खेती जनतालाई लुट्नसम्म लुटेका रहेछन् । आज बल्ल थाहा पाएँ ।’ उनले बजारमा ४ हजार भन्ने ब्लान्केट पनि ६ सयमै पाउनु सुर्खेती ग्राहकको ठूलो रकम जोगिनु भएको बताए ।

‘स्थानीय तथा अन्य सरकारले समयमै अनुगमन गर्न नसक्दा हामी यति धेरै ठगिएका रहेछौं कि भन्नै सकिँदैन,’ उनले भने, ‘एउटै ब्राण्डका कपडा स्टोरमा आउँदा ६ सय, अन्य फेन्सी पसलमा जाँदा ३२ सय पर्ने यो कसरी हुनसक्छ ?’

भ्याट बिल दिँदै स्टोर

तेन्जिन स्टोरले प्रत्येक कपडाको खरिदमा भ्याट बिल समेत दिइरहेको छ । सुर्खेतका फेन्सी पसलहरूले प्यान बिलसमेत दिन नसकिरहेको बेला भ्याट बिलसमेत पाइएको रिता आलेको भनाइ छ । ‘यसअघि हामी पसलमा जाँदा जति सक्यो बार्गेनिङ गर्ने र बिल नभएपनि सामान ल्याउने गथ्र्यौं ।’ उनले भनिन्, ‘तर यो पसलले भने भ्याट बिल नै दिँदो रहेछ । हामीले सोझै राज्यलाई कर तिरेको महसूस भयो ।’ 

उनले एकातिर सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाइएको बताइन् भने अर्कोतिर राज्यलाई आफैंले कर तिरेको महसूस भएको बताइन् । यतिमात्रै होइन यस्ता पसलहरू अन्य स्थानमा पनि खोल्नुपर्ने र केही व्यक्तिको कमाउ तथा ठगीधन्दा बन्द गर्न सरकारले प्रभावकारी रूपमा अनुगमन तथा नियमन गर्नुपर्नेमा उनले जोड दिइन् ।

व्यवसायीमा डर बढ्यो

सम्बन्धित निकायले नियमित बजार अनुगमन नगर्दा यहाँका फेन्सी तथा रेडिमेट पसलले हरेक सामानमा मनलाग्दी मूल्य असुल्दै आएका छन् । यसरी सस्तोमा सामान विक्री हुन थालेपछि फेन्सी तथा रेडिमेट व्यवसायीमा समेत यसले तरंग ल्याएको छ । ‘यस्तो क्वालिटीको कपडा यति सस्तोमा कसरी बिक्री गरियो हामी अचम्मित भएका छौं, ‘एक फेन्सी व्यवसायीले भने हामीलाई खरिद नै योभन्दा महंगो पर्छ ।’

सिजनका कपडा सस्तो मूल्यमा पाइने पसल खुलेपछि यहाँका व्यवसायी आफ्नो धन्दा चौपट हुने डरले त्रसित छन् तर व्यवसायीले खुला प्रतिस्पर्धाको यो जमानामा कम नाफा खाएर विक्री गर्ने वा योभन्दा सस्तो दरमा कपडा बिक्री गरेर अघि बढ्नुको विकल्प नभएको कतिपयको भनाइ छ ।

सात वर्षसम्मको एग्रिमेन्ट

भर्खरै बन्दै गरेको उक्त घर स्थानीय मेडिकल व्यवसायी प्रेम भण्डारी र निर्माण व्यवसायी नेत्र कार्कीको साझेदारीमा बनिरहेको हो ।

केही दिनका लागि मात्रै खुलेको हो कि भन्ने आशंकाले सबैले छिटै सामान किन्ने हत्तारोले ग्राहकको भीड अनियन्त्रीत भएको हुनसक्ने घरधनी भण्डारीले बताए । उनकाअनुसार पसल सञ्चालकले ७ वर्षको लागि घरभाडा सम्झौता गरिसकेका छन् । दाङको तुल्सीपुरमा मुख्य शाखा रहेको तेञ्जिन लामु क्लोथिङ स्टोरको वीरेन्द्रनगरमा बिक्री शाखा खोलिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x