असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
मिथिलामा मैथिली भाषामा जहाँ कवि गोष्ठी भए पनि काशीकान्त झाले कविता वाचन गर्छन् कि गर्दैनन् भनेर दर्शकले प्रायः जसो आयोजकलाई सोध्ने गर्छन् । उनले कविता गाउने लय र भाकाले दर्शक तथा स्रोतालाई तानिरहन्छ । एक त उनको कविताको शब्दहरू नै लयात्मक हुन्छ त्यसमा पनि उनले कविता वाचन गर्दा झनै आनन्द आउने गर्छ ।
उनको प्रायः जसो कविता पद्य कविता हुन्छ जसको अन्तिमा तुक मिलाइएको हुन्छ । उनको कविता वाचन सकिएपछि दर्शकहरूले थपडी बजाउनबाट आफूलाई रोक्नै सक्दैनन् । जनकपुरसहित नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आयोजना हुने गरेको कवि गोष्ठीमा उनको डिमाण्ड हुने गरेकोले पनि उनको लोकप्रियता नेपाल र भारतमा समेत बढेको छ ।
महोत्तरीको साविक गैढा भेटपुर वडा नम्बर १ तथा हाल सम्सी गाउँपालिका वडा नम्बर ४ का स्थायी निवासी झालाई यस क्षेत्रमा ‘आन्दोलनकारी’ कविको रूपमा चिनिने गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का झाले जीविकोपार्जनका लागि निजी स्टुडियो सञ्चालन गरेर व्यवसाय समेत गर्दै आएका छन् । तर उनको पहिचान भने क्रान्तिकारी कविको रूपमा जनकपुरमा स्थापित भएको छ ।
उनका बुवा पुहुपलाल झा भारतको सीतामढी जिल्लाको बेला गाउँस्थित एउटा मन्दिरमा पुजारीको रूपमा कार्यरत रहेको कारण उनको पढाइलेखाइ भारतबाटै भएको छ । सितामढीमा कक्षा ९ मा पढ्दै गर्दा उनको कविता लेख्ने तर्फ रुचि जागेको थियो । उनले त्यति बेला हिन्दी भाषामा कविता लेख्ने गर्थे । उनका बुवा पनि आँसु कवि भएका कारण उनलाई कविता लेख्नतर्फ रुचि जागेको थियो । ‘मेरो बुवाले महाभारतको १८ दिनको लडाईंलाई हिन्दी भाषामा नै २ सय ५० पृष्ठमा कविता लेख्नुभएको थियो, जुन धेरै नै चर्चित भएको थियो,’ कवि झाले लोकान्तरसँग भने, 'उहाँमा के गुण थियो भने जुनसुकै विषयमा जति बेला पनि तत्कालै कविता बनाइहाल्नुहुन्थ्यो ।’ सायद त्यो प्रभावले गर्दा नै आफूले पनि कविता लेख्न शुरू गरेको उनी बताउँछन् । बुवाबाट वंशाणुगत गुण सरेको हुन सक्ने उनको भनाइ छ ।
प्रविणता प्रमाण पत्र तहको शिक्षा उत्तीर्ण गरेर २०५५ सालमा उनी जागिरको खोजीमा काठमाडौं पुगे । त्यहाँ उनी एउटा गार्मेन्टमा काम गर्न थाले । त्यस समयमा त्यहाँ रहेका मैथिली भाषीहरू काठमाडौंको वाल्मिकी क्याम्पसमा मैथिली भाषाको मासिक कवि गोष्ठी आयोजना हुन्थ्यो । उनी पनि उक्त गोष्ठीमा सहभागी हुन थाले र नयाँ नयाँ कविता रचना गर्न थाले ।
‘उक्त कवि गोष्ठीले गर्दा नै मलाई खारिने मौका जुटायो,’ झाले भने, ‘प्रत्येक मासिक गोष्ठीमा जानका लागि एउटा नयाँ कविता रचना गर्नै पर्ने बाध्यता पनि हुन्थ्यो ।’ हरेक कविले वाचन गर्ने कवितामा समीक्षा समेत हुने हुनाले कविहरूको रचना पनि प्रतिस्पर्धात्मक मात्र नभएर गुणस्तरीयमा पनि गम्भीरतापूर्वक ध्यान दिने गरिन्थ्यो ।
‘काठमाडौंमा हुँदा प्रायः जसो आफ्नो रचना शृंगार रसको हुन्थ्यो,’ उनले भने, ‘प्रेम रसमाथि थुप्रै कविता त्यति बेला लेखेको थिएँ ।’
२०५९ सालमा उनी काठमाडौं छोडेर जनकपुर फर्किए । रामानन्द चोकको एउटा फोटो स्टुडियोमा काम गर्न थाले । उता घरमा हुँदा भने कविता लेख्ने काम भने गरिनै रहे । फोटोग्राफीको पनि काम गर्ने अर्को तर्फ जनकपुरमा बेला बखत आयोजन हुने कवि गोष्ठीमा समेत आउजाउ गर्न र कविता वाचन गर्न थाले ।
त्यतिबेलासम्म जनकपुरका भेट्रान साहित्यकार तथा कविहरूको बीचमा उनको खासै पहिचान बन्न सकेन । नयाँ कविको रूपमा उनलाई हेर्ने गरिए पनि पहिचान भने स्थापित हुन सकेको थिएन ।
तर २०६२ सालमा जब मधेश आन्दोलन भयो, उनको नयन पहिचान स्थापित भयो । आन्दोलन गर्नका लागि मान्छेलाई जगाउने खालका कविताहरू रचना गरेर वाचन गर्नुपर्यो भन्दै आन्दोलनको नेतृत्व गरिरहेका तत्कालीन मधेशी जन अधिकार फोरम धनुषाका अध्यक्ष दिपक झाले उनलाई आग्रह गरे । अनि प्रत्येक दिन आन्दोलनको लागि प्रदर्शन गर्नुअघि र प्रदर्शन गरेर कोण सभामा समापन गर्ने बेला उनले क्रान्तिकारी कविताहरू वाचन गर्न थाले ।
‘हे उत्साही, वीर मधेशी जागु भेल सवेर, मातृभूमि रक्षा हेतु करु ने आब अबेर ’ जस्ता क्रान्तिकारी शब्दसहितको कविता लेखेर प्रत्येक दिन उनी कविता वाचन गर्न थालेपछि जनमानसमा उनको नयाँ पहिचान स्थापित भयो । २०६२ साल को मधेश आन्दोलन देखि २०७२ साल सम्मको आन्दोलनमा उनले परिवर्तनकारी कविताहरू लेखेर वाचन गरेर सडक तताउने काम गरेका कारण नै उनलाई मानिसहरूले 'आन्दोलनकारी कवि'को रूपमा नयाँ पहिचान दियो ।
‘मैले मधेश आन्दोलनका क्रममा करीब ५० वटा जति मञ्चमा कविता वाचन गरेको थिएँ तर कुनै पार्टीको सदस्यता भने हाल सम्म लिएको छैन,’ झाले भने, ‘मैले मधेशवादी नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादवदेखि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको मञ्चमा समेत गएर कविता वाचन गरेको छु ।’
उनले मैथिली भाषाका महाकवि भनेर चिनिने विद्यापतिको नाउँमा मैथिली भाषामा ’विद्यापति चालिसा’ नै लेखेर प्रकाशन गरेका छन् । आफ्नै पैसामा केही संख्यामा मात्र उक्त चालिसा प्रकाशन गरेकाले नेपाल र भारतमा हात-हातमा उक्त चालिसा वितरण गरिएको उनले बताए । उनले आफ्नो संस्था मैथिली साहित्य समाजको ब्यानर तहत २०७० साल फागुन १७ गते देखि शुरू गरेको मासिक कवि गोष्ठीलाई हालसम्म निरन्तरता दिएका छन् ।
प्रत्येक महिनाको तेस्रो शनिवारका दिन उनले आफ्नै खर्चमा कवि गोष्ठी आयोजन गर्दै आएका छन् । पछिल्लो शनिवार उनको ६९ औं कवि गोष्ठी थियो । एउटा कवि गोष्ठी आयोजन गर्दा चिया, नास्ता तथा ब्यानरसहितमा कम्तिमा पनि २ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए ।
त्यसैगरी जनकपुरकै रामानन्द युवा क्लबले समेत मासिक कवि गोष्ठी आयोजन गर्दै आएकोमा उनले नै उक्त कवि गोष्ठीको समेत संयोजन गर्दै आएका छन् । ‘त्यस्ता कवि गोष्ठी आयोजन हुँदा कवितामय माहोल बन्न मद्दत गर्नुका साथै नयाँ-नयाँ कविहरू उत्पादन भएका छन्,’ झाले भने, ‘यसका अतिरिक्त नयाँ-नयाँ विद्यार्थीहरूमा पनि कविता लेख्ने रुचि जाग्ने गरेको छ ।’ कविता लेखे पनि सुन्ने स्रोता वा दर्शक नभएपछि कविहरूको लेख्ने काममा सुस्ती आउने तर यस्ता कवि गोष्ठी आयोजन हुँदा लेख्ने जाँगर चल्ने गरेको उनी बताउँछन् ।
उनलाई वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल प्रतिष्ठानले २०७४ सालमा राजेन्द्र विमल प्रतिभा पुरस्कार तथा निर्मला देवी प्रतिष्ठानले समेत पुरस्कृत गरेर सम्मानित गरिसकेको छ । समसामयिक विषयदेखि राजनीतिक अवस्था होस् वा सामाजिक कुरीतिको विषयमा उनले कविता लेखेर वाचन गर्ने गर्छन् । ‘समाजको लागि नै रचना हुने गर्छ,’ उनले भने, ‘समाजका मानिसले व्यक्त गर्न नसक्ने पीडा आफूहरूले रचनामार्फत व्यक्त गरेका छौं ।’
मैथिली भाषामा लेख्ने गरिएको रचनाले एक्सपोजर पाउन नसकेको उनको भनाइ छ । नेपाली भाषा वा अंग्रेजी भाषामा लेखिने रचनाको मात्रै स्थान पाउने भएकाले मातृभाषामा लेखिने रचनाहरू माथि अन्याय भएको उनको जिकिर छ । राज्यले समेत मातृभाषामा लेखिएका रचनाहरूलाई प्रकाशन नगरिदिने, पुरस्कार समेत नपाउने पीडालाई अन्त्य गर्न प्रदेश सरकारदेखि स्थानीय सरकारले ठोस रूपमा काम अगाडि बढाउनुपर्नेमा उनको जोड छ । मैथिली भाषामा पनि उत्कृष्ट कवितादेखि कथा, उपन्यास, नाटकसहित विभिन्न विधामा लेखिएका छन् । ती सबैको अन्य भाषामा समेत अनुवादकले अनुवाद नगरेसम्म मोफसलका साहित्यकारहरूले राष्ट्रिय पहिचान बनाउन निकै कठिन रहेको उनी बताउँछन् ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...