फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका मोहम्मद अफ्ताब आलमलाई भेट्न रौतहटबाट १२ जनाभन्दा धेरैको टोली आइतबार नख्खु कारागार पुगेको थियो । तर, चारजनाले मात्र भेट्न पाए ।
उनलाई बिहान ११ बजेपछि रौतहट कांग्रेस सभापति कृष्णप्रसाद यादव तथा आफन्तले भेटेका थिए । उनीहरूले थप पाँचजनालाई आलमसँग भेट गराउन कारागार प्रशासनसँग अनुरोध गरेका थिए । तर, प्रशासनले कारागारभित्र राजनीति नचल्ने भन्दै प्रवेशमै रोक लगायो । कारागारको नियमअनुसार आफन्त र अधिवक्ताबाहेक अन्यलाई भेट्न नमिल्ने भन्दै प्रशासनले फर्काइदिएको थियो । आलमलाई आइतबार भतिजा र भाइले भेटेका थिए । भेटघाटका लागि उनीहरूलाई प्रशासनले एक मिनेटको मात्रै समय दिएको थियो । भेटका क्रममा उनीहरूले फलफूल लगेका थिए । तर, आलमले फलफूल नलिएको कारागार स्रोतले जानकारी दियो ।
शुक्रबार मध्यरात गौरबाट हिँडाइएका उनी शनिबार बिहान ४ बजे मात्रै कारागार आइपुगेका थिए । कारागार ल्याइएपछि उनले दिनभर थकाइ मारे । कारागार स्रोतका अनुसार शनिबार दिउँसो पनि उनी केहीबेर कारागारभित्रै घुमघाम गरेका थिए ।
जेलभित्र कम बोल्ने आलमले राज्यले आफूलाई अन्याय गरेको भन्दै निर्दोष भएको बताउने गरेका छन् । उनको प्रस्तुति आवेगपूर्ण रहेको कारागार स्रोतले जानकारी दियो । ‘उनको प्रस्तुति एकदमै हिटलर (रिसाह) शैलीको छ,’ कारागारका एक कर्मचारीले भने । आलमले बिहान र बेलुका मधुमेह रोगको सुई लगाउने गरेका छन् । उनले रोटी र तरकारी खाने गरेका छन् । आलम परिवारका सदस्यले उनलाई आइतबार कारागारमा खाना ल्याउने बताइएको थियो । तर, परिवारले नल्याएपछि उनले कारागारले उपलब्ध गराएको खाना खाएका थिए । उनलाई अहिले जेलमा लागुऔषध दुव्र्यसनीका अभियुक्तसँगै राखिएको छ । आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा आगुऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । नयाँ पत्रिकामा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...