मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
श्रीलंकामा शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनमा गोताबाया राजपक्ष ५२.२५ प्रतिशत मतका साथ विजयी भएका छन् र पदको शपथ लिँदैछन् । देशमा २५ वर्षसम्म चलेको गृहयुद्धमा तमिल पृथक्तावादी आन्दोलनलाई अन्त्य गर्न उनको प्रमुख भूमिका थियो ।
द गार्डियनमा हान्ना एलिस–पिटरसनले गोताबाया राजपक्षको इतिहास र प्रवृत्तिको मसिनो विश्लेषण गरेकी छन् । त्यसैलाई आधार बनाएर हेर्दा गोताबाया कठोर शासक साबित हुने देखिन्छन् । सन् १९४९ मा जन्मेका गोताबाया श्रीलंकाली राजनीतिमा एक दशकभन्दा बढी समयभन्दा बढी समयसम्म प्रभुत्व जमाएका राजपक्ष परिवारका एक सदस्य हुन् । उनका दाइ महिन्दा राजपक्ष श्रीलंकाका राष्ट्रपति भइसकेका छन् भने उनीहरूका पिता पनि मन्त्री र सांसद भइसकेका व्यक्ति हुन् ।
सन् १९७१ मा सेनामा प्रवेश गरेका गोताबायाले आफ्नो २० वर्षे सैन्य करीयरमा अनेकौं लडाईं लडेका छन् । गृहयुद्धका बेलामा उनले धेरैथरी कारवाही चलाएका थिए । सन् १९९२ मा सेवानिवृत्त हुँदा उनी लेफ्टिनेन्ट जनरल थिए ।
सेनाबाट सेवानिवृत्त भएपछि उनी एक दशकभन्दा बढी समय अमेरिकामा बसे अनि सन् २००५ मा श्रीलंका फर्किए । दाइ महिन्दाको राष्ट्रपति निर्वाचन अभियानमा सघाएका उनलाई महिन्दाले रक्षामन्त्री बनाए ।
त्यसको चार वर्षपछि महिन्दा र गोताबायाले गृहयुद्धको अन्त्य गराउनका लागि कठोर र रक्ताम्मे कारवाहीको नेतृत्व गरेका थिए । उक्त संघर्षमा ४० हजार जतिको ज्यान गएको बताइन्छ ।
रक्षामन्त्रीका रूपमा गोताबायाले श्रीलंकाली सेनालाई तमिल पृथक्तावादीहरूको यातना, बलात्कार, गैरन्यायिक हत्या, अपहरण र बेपत्ता गराउन स्वीकृति दिएको बताइन्छ । अनि पत्रकार र विपक्षीहरूलाई पनि उनले निर्ममतापूर्वक दमन गरेको बताइन्छ । सरकारको आशीर्वाद पाएको ‘मृत्यु दस्ता’ ले यी मानवअधिकार उल्लंघनका घटना गर्ने गरेको आरोप छ । तर गोताबायाले यी सबै आरोपहरूको खण्डन गरेका छन् ।
गृहयुद्ध अन्त्य गर्ने बेलामा गरिएको कारवाहीमा दशौं हजार मानिस बेपत्ता पारिएका थिए र त्यसको जवाफदेहिता कसैले पनि लिएको छैन ।
एक पत्रिकाका सम्पादक लसन्त विक्रमतुंगेलाई मृत्यु दस्ताले मारेको थियो र गोताबायाले नै उक्त दस्तालाई निर्देशन दिएको बताइन्छ ।
एक पूर्व सैन्य कमान्डरले विशेषगरी पत्रकार र विपक्षीहरूलाई तारो बनाउनका लागि गोताबायाले आफ्नै गोप्य इकाइ खडा गरेको भनी सन् २०१७ मा बयान दिएका थिए । विक्रमसिंघेलाई चक्कु प्रहार गरेर मारिएको थियो भन्ने कुरा लुकाउनका लागि उनको अटोप्सी प्रतिवेदन तोडमोड गरिएको श्रीलंकाको फौजदारी अनुसन्धान विभागले जनाएको थियो ।
अमेरिकाका नागरिक बनेका गोताबायाविरुद्ध विक्रमतुंगेकी छोरीले अनेकौं मुद्दा दायर गर्दै उनीविरुद्ध यातना, गैरन्यायिक हत्या र मानवताविरुद्धको अपराधको आरोप लगाएकी छन् ।
गोताबायाले शक्तिमा रहँदा ठूलै घोटाला गरेको आरोप छ । उनले रक्षा सम्झौताहरूमा राम्रै कमिसन लिएको बताइन्छ । आफ्ना मातापिताका लागि स्मारक संग्रहालय बनाउन राज्यकोषको २१ करोडभन्दा बढी रकम उनले घोटाला गरेको मुद्दा श्रीलंकामा चलिरहेकै छ ।
श्रीलंकामा महिन्दा राजपक्ष अहिले पनि लोकप्रिय छन् । तर सरकारले ल्याएको एक कानूनका कारण उनले फेरि निर्वाचन लड्न पाएनन् । त्यसैले उनको साटो गोताबायालाई चुनाव लड्न लगाइएको हो । महिन्दा खेमाका धेरै नेताले गोताबायालाई चुनाव नलडाएको भए हुन्थ्यो भन्ने चाहेका थिए किनकि उनीहरू गोताबायाको सैन्यीकृत तथा निरंकुशतावादी प्रवृत्तिबाट त्रस्त छन् । अनि उनको रिस पनि कडा छ । उनी मिडियाकै अगाडि पनि धेरैपटक भड्किएका छन् ।
यस्तोमा प्रश्न उठ्छ : यस्ता ‘खतरनाक’ व्यक्तिलाई श्रीलंकालीहरूले किन बहुमतका साथ जिताएका हुन् ?
वास्तवमा संसारभरि चलेको राष्ट्रवादी धारको प्रभाव श्रीलंकामा पनि परेको देखिन्छ । उनको श्रीलंका पोदुजना पेरामुना पार्टीले बौद्ध सिंहला राष्ट्रवादको चर्को नारा उचालेर बहुसंख्यक सिंहालीहरूको समर्थन प्राप्त गरेको हो । सिंहाली समुदाय श्रीलंकाको ७० प्रतिशत जनसंख्या ओगट्छ ।
त्यसमाथि यसै वर्ष (२०१९) को अप्रिल २१ मा इस्लामी अतिवादीहरूले देशका विभिन्न भागमा रहेका होटल र चर्चहरूमा आक्रमण गरेर २५९ जनाको ज्यान लिएपछि तत्कालीन सत्तारूढ दल युनाइटेड नेसनल पार्टीको आलोचना भयो । उक्त दलको सरकारले भारतीय जासूसी निकायबाट सूचना पाएको भए पनि ती शृंखलाबद्ध आक्रमणहरू रोक्न नसकेको भनी गोताबायाले आलोचना गर्ने मौका पाए । उनले आफ्नो सैन्य पृष्ठभूमि र आतंकवादीहरूलाई ठेगान लगाउन सक्ने गरी दह्रो शासन चलाउन सक्ने क्षमता रहेको विश्वास जनतालाई दिन सफल भएको विश्लेषकहरूको मत छ ।
चुनाव भनेको मतदातालाई रिझाउनका लागि गरिने प्रपञ्च पनि हो । गोताबायाले उक्त प्रपञ्च राम्रैसँग मञ्चन गर्दै श्रीलंकाको सर्वांगीण विकासको प्रतिज्ञा पनि जनतासमक्ष गरे । श्रीलंकामा अहिले आर्थिक सुस्तताको स्थिति छ र आतंकवादी आक्रमणपछि त्यहाँ पर्यटकहरूको संख्या पनि घटेको छ । सत्तारूढ यूएनपीका गलत नीतिका कारण आर्थिक सुस्तता आएको भन्दै गोताबायाले चलाएको निर्वाचन अभियानले मतदाताहरूलाई विपक्षीप्रति आकर्षित गरेको हुनुपर्छ ।
गोताबायाका प्रतिद्वन्द्वी सजित प्रेमदासाले आफूलाई राष्ट्रपति बनाउन यूएनपी दललाई दबाब दिएको विश्लेषकहरूले बताएका छन् । त्यसक्रममा उनले प्रधानमन्त्री रनिल विक्रमसिंघे लगायतका नेतालाई पनि चिढ्याउन पुगेका थिए भनिन्छ । त्यसैले गर्दा यूएनपीका मतदातामाझ नै पनि उनको भोट काटिएको बताइन्छ ।
सजित प्रेमदासा
गोताबायाले बौद्ध सिंहालीहरूको मतलाई लक्षित गरी निर्वाचन अभियान चलाउँदा सजितले चाहिँ सबैका लागि विकास भन्ने किसिमको समावेशी नारा ल्याएर अल्पसंख्यकहरूलाई रिझाउन खोजेका थिए । तर अल्पसंख्यकहरूमा लगभग १२ प्रतिशत तमिल छन्, १० प्रतिशत मुसलमान छन्, ७ प्रतिशत क्रिस्चियन छन् र १ प्रतिशत अन्य छन् । यी सबै मिल्दा ३० प्रतिशत हुन्छन् र यिनको एकजुट मतको महत्त्व रहन्छ । तर दुर्भाग्यको कुरा उनीहरू एकजुट हुन सकेनन् ।
ईस्टर सन्डे बम आक्रमणपछि क्रिस्चियनहरू मुसलमानहरूसँग चिढिए र उनीहरूले गोताबायाले मत दिए भन्ने विश्लेषकहरूको राय छ । गोताबायाले मुसलमानविरोधी बोदु बाला सेना जस्ता बौद्ध संगठनहरूलाई समर्थन गर्छन् भनिन्छ । यसरी अल्पसंख्यकहरूको मतविभाजन भइदिँदा पनि गोताबायालाई फाइदा पुगेको हुनुपर्छ ।
श्रीलंकाको निर्वाचनमा यस क्षेत्रका दुई ठूला शक्तिराष्ट्रहरू भारत र चीनको पनि चासो छ । भारतले गोताबायाका दाइ महिन्दा राजपक्षलाई सन् २०१५ को राष्ट्रपति निर्वाचनमा हराउनका लागि योगदान गरेको भन्ने आरोप लागेको थियो । तर यसपालि भारतले श्रीलंकाली निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताइन्छ । श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालय यस निर्वाचनमा पूरै मौन रहेको श्रीलंकाका एक वरिष्ठ पत्रकारले लेखेका छन् ।
चीन चाहिँ गोताबायाको जीतबाट खुशी भएको हुनुपर्छ । उनले चुनाव जितेमा चीनसँगको सम्बन्ध पुनः सुचारु गर्ने बताएका थिए । गोताबायाका प्रतिद्वन्द्वी सजित प्रेमदासा चाहिँ भारत र अमेरिकाप्रति बढी ढल्किने गरेको बताइन्छ ।
राष्ट्रपति बनिसकेपछि गोताबाया राजपक्षसामु अनेकौं चुनौती छन् । सबभन्दा ठूलो चुनौती त आर्थिक सुस्तताबाट श्रीलंकालाई मुक्त गर्नुमै छ । चीनको सहयोगमा उनले त्यो गर्ने कोशिश गर्न सक्छन् तर ऋणपासोका कारण हम्बनटोटा बन्दरगाह चीनलाई सुम्पिनुपरेको भन्ने कुराले श्रीलंकालीहरूलाई पिरोल्ने गरेको छ । अनि श्रीलंकामा धार्मिक अतिवादका कारण कुनै पनि बेलामा ठूलो विस्फोट हुने सम्भावना पनि प्रबल छ । त्यसलाई रोकेर शान्ति तथा सुव्यवस्था कायम गर्नु पनि चुनौतीपूर्ण नै छ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...