कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको विषय पनि उठेको छ ।
विगतका सहमतिप्रतिको बुझाइ फरक–फरक हुन थालेपछि मन्त्रिपरिषद् हेरफेरसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या हुनुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको हो ।
मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगभग सहमति जुटिसकेको छ । सँगै कार्यविभाजनको पनि कुरा आएपछि मन्त्री हेरफेरको विषय नै केही पर धकेलिएको स्रोतले जनायो । ‘अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनसँगै सकेसम्म सबै विषयमा एकमुष्ट सहमति खोज्ने पक्षमा हुनुहुन्छ, त्यसो गर्दा पहिलेदेखि नै छलफलमा रहेको कार्यविभाजनको विषय पनि पर्ने नै भयो,’ दाहालनिकट एक नेताले भने, ‘तर प्रधानमन्त्रीज्यू किस्ताकिस्तामा निर्णय गरिरहनुभएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा पनि दुई अध्यक्षको कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा कुराकानी भएको थियो । दुई अध्यक्षको भेटअघि दाहालसँग भेटेका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ पार्टीमा आफ्नो पोजिसन कस्तो हुने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गर्ने मनस्थिति लिएर बालुवाटार छिर्नुभएको हो । मन्त्रीहरूको नामावलीबारे त छलफल हुने नै भयो ।’
अध्यक्षद्वयबीच गत साउन अन्तिम साता दाहालले पार्टी र प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउने सहमति भएको थियो । त्यतिखेर ओलीले उक्त सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । ओलीको प्रतिबद्धतापछि दाहालले पार्टी एकीकरणअघि दुई अध्यक्षले आवश्यकताका आधारमा पालैपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमति ‘पुरानो भइसकेको’ अभिव्यक्ति दिएका थिए । ‘दुई अध्यक्ष भएपछि स्वाभाविक रूपमा पार्टी एकले र सरकार अर्कोले चलाउने कुरा हुन्छ, त्यहीअनुसार दाहाल पार्टी काममा सक्रिय पनि हुनुभएको छ,’ दाहालनिकट नेताले भने, ‘दुई अध्यक्षबीचको यो गाँठो जति छिटो फुक्छ, त्यति नै छिटो अरू विषयमा सहमति हुन्छ ।’
दुई अध्यक्षबीचको भेटमा आफ्नातर्फबाट मन्त्रिपरिषद्मा समावेश हुने नयाँ मन्त्रीहरूबारे छलफल गरेको स्रोतले जनायो । कान्तिपुर दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...