×

NMB BANK
NIC ASIA

'रातो र चन्द्रसूर्य'मा पूर्वराजा नाचेको भिडियो भाइरल

मंसिर ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘रातो र चन्द्रसूर्य जंगी निसान हाम्रो’ गीतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल छ । उनले शनिबार राति सप्ताहन्त मनाएको त्यो भिडियो ठमेलको ‘लर्ड अफ दी ड्रिंक्स’ (एलओडी) क्लबको हो, जहाँ पूर्वराजा सपरिवार पुगेका थिए । क्लबमै रहेका कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा र पूजा शर्माले पूर्वयुवराज्ञी हिमानी शाहसँगका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

२७ माघ ०७५ देखि सञ्चालनमा आएको एलओडी राजधानीको सम्भ्रान्त वर्गमाझ लोकप्रिय क्लब हो । अन्तर्राष्ट्रियस्तरको क्लबमा सम्भ्रान्त वर्ग, सेलेब्रिटी, कर्पोरेट, बैंकर, चिकित्सक, इन्जिनियर र विदेशी पाहुना नाचिरहेको भेटिन्छन् । खासगरी, शुक्रबार र शनिबार एलओडी एलिट वर्गका सदस्यहरूबाट भरिभराउ हुन्छ । ‘चर्चित व्यवसायीहरू डान्स फ्लोरमा नाचिरहेको देख्न पाइन्छ,’ क्लबका सञ्चालक रविन श्रेष्ठ भन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै समय ठमेलमा एलिट वर्ग जान रुचाउँदैनथ्यो । तर, अहिले त्यही वर्ग ठमेलको एलओडी पुग्छ । यो क्लबले ठमेललाई हेर्ने नजर पनि परिवर्तन गरिदिएको रविन बताउँछन् । चर्चित गायक योगेश्वर अमात्यले एकपटक भनेका थिए, ‘अहिले काठमाडौंको एलिट वर्ग ठमेलको एलओडी क्लबमा जमघट हुन्छन् रे !’ उद्योगपति विनोद चौधरीले पनि यसको नाम लिँदै नेपालमा अन्तर्राष्ट्रियस्तरको क्लब खुलेको बताएका थिए । कुनै समय चौधरी पनि नाइट क्लबका सञ्चालक थिए ।


Advertisment
Nabil box
Kumari

साँझ ७ बजे क्लबको ढोका खुल्छ । ८ बजेदेखि सुरु हुने ‘रक बार’मा ब्यान्डले बजार पिटिरहेका अंग्रेजी र नेपाली गीत गाउँछन् । रंगीबिरंगी प्रकाशले माहोल तताइदिन्छ । राति साढे ११ बजे सुरु हुन्छ, डिजे । त्यसपछि भित्ताको चारैतिर डिजिटल स्क्रिनहरू खुल्छन्, मुख्य लाइटहरू बल्न थाल्छन् । त्यससँगै आगन्तुक पनि झुम्न थाल्छन् । ‘रक बार’ एकाएक ‘क्लब’मा परिवर्तन हुन्छ । अनि लाइटहरू स्टेजतिर होइन, संगीतको तालमा उफ्रिरहेका दर्शकतिर सोझिन्छन् । जति रात छिप्पिन्छ, क्लबमा भीड पनि बढ्दै जान्छ । सप्ताहन्तको भीड व्यवस्थापन गर्न बाउन्सरले क्लबको ढोका नै बन्द गर्नुपर्छ । क्लबमा करिब १८ सय पाहुना अटाउन सक्छन् । नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x