कात्तिक ६, २०८०
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनुभएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् ।
नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईंलाई ।
काठमाडौंमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ ।
बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै २० लाख रुपैयाँ नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको प्रयोग विनै चेकमार्फत यसरी सजिलै पैसा निकालेर लगिन्छ भने अब बैंकलाई कसरी विश्वास गर्ने ? गम्भीर प्रश्न खडा भएको छ ।
चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौैं रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा ६५ लाख रुपैयाँ निकालिएको थियो । उनीहरूको ५ अर्ब निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।
प्रविधिको प्रयोग बढेसँगै बैंकिङ प्रणालीमाथि नै प्रश्न चिह्न लाग्ने गरी भएको घटना सेलाउन नपाउँदै प्रविधिको उपयोग नगरी खातावालको कीर्ते हस्ताक्षर गरेर उसैको नाममा नयाँ चेकबुक बनाई पैसा निकालिएको घटना सार्वजनिक भएको छ । खातावालाले एसएसएम सेवा प्रयोग गर्दा पैसामात्रै जोगिएन गिरोह नै पक्राउ परे ।
घटना आइतवारको भएपनि महानगरीय प्रहरी परिसर काठमाडौंले बुधवार सार्वजनिक गर्दै फरक खालको गिरोह देखिएको जनाएको छ । घटनामा संलग्न ६ जनालाई पक्राउ गरी उनीहरूबाट १८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ भने केही पैसा उनीहरूबीच बाँडेको फेला परेको छ ।
यसरी भएको थियो घटना
आइतवार दिउँसो करीब २ बजे जनता बैंक ग्वार्काे शाखामा गोपालमान राजवाहकको नाममा चेकबूक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले साढे २ बजे सजिलै चेकबूक बनाएर पठाइदिए । त्यहीँ शाखाबाट पैसा निकाल्दा शंका हुने देखेर गिरोहले दिउँसो ३ः३० बजे बानेश्वरस्थित बैंकको शाखाबाट चेकमार्फत ९ लाख ९९ हजार पैसा निकाले । दिउँसोको काउन्टर बन्द भएपछि साँझ २ वटा चेकमार्फत उनीहरूले राजवाहककै खातबाट ५/५ लाख नगद निकाले ।
यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक दंग थिए । ‘कसैलाई चेक दिएकै छैन, एटीएम कार्ड पनि दिएको छैन कसरी पैसा निस्कियो,’ चकित परे । एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा आए ।
तत्कालै प्रहरी हाइअलट भयो । उनीहरूको निगरानी शुरू भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्याक्ति आउने बित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा ५ लाख रुपैयाँ बाँकी रहेको थाहा पाएका गिरोह भोलिपल्ट सोमवार त्यसैगरी ३ वटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्यूरोडबाट पक्राउ गर्न सफल भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौँ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् । उनीहरूलाई बैंकिङ कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले नगद १८ हजार ५०० रुपैयाँसहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौं व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबूक बरामद गरिएको छ ।
ज्योति बैंक, एभरेस्ट बैंक, माछापुच्छ«े बैंक, मुक्तिनाथ बैंक, एनआईसी एसिया बैंकका दर्जनौं चेकबूक पनि फेला परेको छ । उनीहरूका साथबाट ८२५ जनाको फोटो, एनआईसी एसिया बैंकको ८२ वटा र अन्य बैंकको ७ गरी ८९ वटा एक्टिभ भएको एटीएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
परिसरका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटी उनीहरूले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताए ।
‘सामान्य २/३ लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ,’ बोगटीले भने । उनका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरूले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए ।
हस्ताक्षर बनाउन प्रयोग भएका दर्जनौं हाजिरीखाता समेत बरामद भएको छ । उनले केही कागजातको अनुसन्धान भइरहेको र अझै २ बोरा कागज हेर्न बाँकी नै रहेको बताए । अहिले एक व्यक्तिको मात्रै पैसा लगेको पाइएकाले उनीहरुले अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशंका प्रहरीको छ । – नारायण ढुंगाना/रासस
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...