×

NMB BANK
NIC ASIA

नयाँ नेतृत्वलाई गायक–गायिकाको सुझाव : लोक दोहोरी क्षेत्र सुधारौं, सेन्सर सिस्टम लागू गरौं

मंसिर १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले हालैमात्र नयाँ कार्यसमिति पाएको छ ।

Muktinath Bank

सर्जक रमेश बीजीको अध्यक्ष रहेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिता थापा मगर छिन् भने प्रथम उपाध्यक्षमा पशुपति शर्मा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको नयाँ कार्यसमितिले रचनात्मक काम गरोस् भन्ने अपेक्षा गायक शिरीष देवकोटाको छ । त्यस्तै गायक विक्रम परियार चाहिँ नयाँ टीमबाट कलाकारहरूको राम्रो केयर होस् भन्ने चाहन्छन् ।


Advertisment
Nabil box
Kumari

द्वितीय उपाध्यक्ष रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल पुन, तृतीय उपाध्यक्ष दिपक खड्का, महासचिव सुवास केसी, उपमहासचिवद्वय शंकर बिसी र शिव हमाललगायतको टीमबाट के अपेक्षा राख्नुभएको छ भनेर हामीले केही गायकगायिकालाई सोधेका छौं । उनीहरूको अपेक्षा र सुझाव यस्तो छ !

Vianet communication
Laxmi Bank

शिरीष देवकोटा

रमेश दाइको नेतृत्वलाई शुभकामना छ । संस्थामा हुनुपर्ने मान्छे अध्यक्ष हुनुभएको छ । संस्थाको मुल मन्त्र र उद्देश्य प्राप्तिका लागि बौद्धिक तथा रचनात्मक कामहरू हुनुपर्‍यो । जस्तै यो संगठननै बुझाउनु आवश्यक छ । संस्थाको क्षेत्राधिकारभित्रै नपर्ने मान्छेहरूलाई सदस्यता दिइएको छ । उहाँको कार्यकालमा यसको अन्त्य होस् । यसले लोकगीतको संरक्षण र सम्वर्द्धन गर्ने भनेको छ । तर कुनै पनि कार्यकाल हुन सकेको छैन । लोकगीतका राम्रा पक्ष र विकृतिहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर बहस गर्नु जरुरी छ । राज्यका विभिन्न तह तथा तप्कासँग समन्वयन गरेर यसको सम्वर्द्धन हुने खालका काम भएका छैनन् । मात्रै भवन बनाउने काम भएको छ । यसपालि चाहिँ रचनात्मक कामहरू गर्नुहोला भन्ने अपेक्षा छ ।

सम्झना भण्डारी

चलचित्रको जस्तै लोक दोहोरीको पनि सेन्सर बोर्ड भइदिए हुन्थ्यो । जसले लोक दोहोरी क्षेत्रमा काम गर्ने कलाकारहरूलाई हित गर्छ ।  मापदण्ड निकालेर त्यसअनुसार नै गीतहरू बजारमा निस्किए हुन्थ्यो । अनि निस्किएका गीतहरूले समय लिन पाउँछन् । अश्लीलता झल्कने गीतहरू नआओस् भन्ने अपेक्षा राखेकी छु ।

विक्रम परियार

प्रतिष्ठानमा केही राम्रा मानिसहरू बाहिरिएका छन् । त्यो दु:खको कुरा रह्यो । रमेश बीजीको लिडिङ पावर कति छ भन्ने बिस्तारै बुझ्दै जाने कुरा हो । गीतसंगीत,  शालिनता र रमेश बीजी पर्यावाची शब्दजस्तै हुन् । रामजी खाँड र रिता थापाजस्ता मान्छे प्रतिष्ठानमा जोडिएका छन् । रिता थापा मगरमा नेतृत्व गर्न सक्ने गुण धेरै नै छ ।

प्रतिष्ठानले केही यस्ता कामहरू गरोस् जसले कलाकारहरूको स्तरोन्नति होस् । रोयल्टीको विषयमा प्रतिष्ठानले काम गरोस् । कलाकारको हकहितका लागि केही राम्रो गर्दिए हुन्थ्यो । गीत संगीतमा दु:ख गर्ने कलाकारहरूलाई केयर गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।

शर्मिला गुरुङ

अहिलेको अध्यक्ष सर्जक हुनुहुन्छ । उहाँ मौलिकतामा प्राथमिकता दिने मान्छे हो । त्यसैले गीतसंगीतमा केही सकारात्मक परिवर्तन हुन्छ कि भन्ने आश छ । उहाँको तीन वर्षे कार्यकाल हेर्नै बाँकी छ । उहाँलाई चुनेर गल्ती गरेछौं भन्ने नहोस् । समाज भड्काउने र अश्लीलता झल्किने गीतहरू पूर्ण रूपमा बन्द हुन्छ भन्ने अपेक्षा राखेकी छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x